युवती बलि दिने योजना बुनेका ७ जना प्रहरीको फन्दामा

युवती बलि दिने योजना बुनेका ७ जना प्रहरीको फन्दामा

१० पुस, काठमाडौँ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पु¥याई बोर्डर पास गराई तान्त्रिक पुजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ गरेकालाई सार्वजनिक गरेको हो । प्रहरीले नवलपरासीका वर्ष २६ बर्षिय कृष्ण तामाङ, सप्तरीका ४० बर्षिय उमेश शाह, दाङका २४ बर्षिया दिल कुमारी बुढामागर, सप्तरीका ३५ बर्षिय उमेश माझी, विराटनगरका ५१ बर्षिय दिलिप पोदार, धादिङ्गका २३ बर्षिया प्रेमा तामाङ र सुनसरीका ३७ बर्षिय रंजित कुमार चौधरीलाई सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अशोक सिंहले मोटो रकम पाउने आशामा ६ फिट उचाई भएकी युवतीलाई विराटनगर हुँदै तान्त्रिक पुजाको लागि बोर्डर पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्विकार गरेको अनुसन्धानबाट खुलेको बताए । पीडीत युवतीले शंकागरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ४ गते जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको सिंहले बताए ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङ्बाट ७ थान एटिएम कार्ड तथा तान्त्रिक पुजाका समानहरु बरामद गरेको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याईएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.