विराटनगर, फागुन २८
पूर्व क्षेत्रमा भइरहेको महिला हिंसा र हत्याका विरुद्धमा विराटनगरका युवाले सोमबार विराटनगरमा प्रदर्शन गरेका छन् । विभिन्न समाजिक सञ्जालमा कृयाशिल युवाहरुको अगुवाइमा सोमबार विराटनगरमा विरोध प्रदर्शन गरिएको हो ।
उनीहरुले महिला माथि हुने हिंसा, बलात्कारलगायतका जघन्य अपराधका दोषि उपर कडा कारवाही हुनुपर्ने माग राख्दै ¥याली समेत निकालेका छन् । विराटनगर स्थीत ट्राफिक चोकबाट विभिन्न प्लेकार्ड सहित निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
¥यालीमा सामाजिक सञ्जालमा सकृय युवाहरु, राजनितिक दलका प्रतिनिधि, विभिन्न कलेज तथा विद्यालयमा अध्यनरत विद्यार्थीलगायतको सहभागिता थियो ।