काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज यूएस बंगलाको विमान दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना ग्रस्त भएको हो ।
सुरक्षा निकायका उद्धारकर्मीले विमानमा लागेको आगो नियन्त्रण लिएका छन् । अहिले विमानमा सवार यात्रुको उद्धारकार्य जारि रहेको जनाइएको छ । विमानमा सवार घाइते यात्रुहरुको उद्धार गरि उपचारका लागि अस्पताल पु¥याइएको छ ।
१४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको हो । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । उपचारका लागि केहि यात्रुहहरुलाई काठमाडौं मेडिकल कलेज र नर्भिक अस्पताल लगिएको छ ।