१६ पुस, विराटनगर ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु ११ औं बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरेको छ । पूर्वाञ्चलमै पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी भित्रयाएको थियो । २०६६ सालमा न्यूरो सर्जरी सम्बन्धी सेवा विस्तार गरेको हस्पिटलले २०६६ सालकै पुस १६ गते देखि औपचारिक रुपमा न्यूरो आइसियू सेवा विस्तारमा ल्याएको थियो ।
हस्पिटलको सभाकक्षमा बुधबार आयोजित कार्यक्रममा अपरेशनल डाइरेक्टर राजेश भट्ट्राईले , न्यूरो आइसियु सेवा १० बर्ष पूरा गरि ११ औं बर्षमा प्रवेश गरेकोमा हस्पिटलका कर्मचारीहरुमा शुभकामना व्यक्त गरे । यस्तै उनले पूर्वमै पहिलो पटक न्यूरो सर्जरी तथा आइसियू सेवा विस्तारमा लगाएको यस हस्पिटलले हालसम्ममा हजारौं बिरामीहरुको ज्यान जोगाउन सफल भएको बताए ।
यस्तै वरिष्ठ न्यूरो सर्जन एवम मेडिकल डाइरेक्टर डा. यम बहादुर रोकाले प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा न्यूरो सर्जरी सेवा अविछिन्न रुपमा प्रदान गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे । यता हस्पिटलका संस्थापक एवम वरिष्ठ न्यूरोलोजिस्ट डा.बिरेन्द्रकुमार विष्टले न्यूरो सर्जरी एवम आइसियूमा विशेष योगदान पु¥याउनु हुने वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. मंजिल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरे । कार्यक्रममा हस्पिटल डाइरेक्टर ई. रन्जित राज बस्नेत , वरिष्ठ विशेषज्ञ चिकित्सक , मेडिकल अफिसर , न्यूरो आइसियु इन्चार्ज रंजिता चौधरी , नर्सि स्टाफ लगायतको , उपस्थित थियो ।