NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

नेपालकै सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा

बिहिबार पुस १७ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
नेपालकै सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ पुस, झापा । 

 ‘कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।’ डा.वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाए ।

विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झारे । ‘म यहीँ छु । मेरो त घाँटी नै काटिएको थियो । मलाई एकपटक हेर त ?’ समाजसेवी दुर्गा प्रसाईंले उनलाई आँशु पुछिदिँदै थप सान्त्वना दिए ।

Advertisement

युवापुस्ताका चर्चित क्यान्सररोग विशेषज्ञ डा यादवका अनुसार मिश्रलाई ठूलो आन्द्रामा क्यान्सर पुष्टि भएको थियो । क्यान्सरका सेललाई नष्ट गर्न पहिलो पटक ‘रेडियोथेरापी’ दिइँदै थियो । उनलाई ‘ट्र्युब विन लाइनर एक्सिलेटर’ अत्यधुनिक उपकरणमार्फत रेडियसन दिएको थियो ।

अमेरिकामा निर्मित अत्याधुनिक सो उपकरण संसारका उत्कृष्ट कहलिएका अस्पतालले प्रयोगमा ल्याएका छन् । ‘रेडियसन दिने पछिल्लो पुस्ताको आधुनिक उपकरण जुनदेशमा गए पनि उही हो’, डा यादवले भने । भारतको मेदान्त क्यान्सर अस्पताल छाडेर केही गरौँ भन्ने भावनाका साथ उनी स्वदेश फर्किएका थिए । पूर्वाञ्चलमा क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा जोडेका थिए ।

अस्पतालले बुधबारदेखि औपचारिकरुपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । पहिलो दिन २७ जना बिरामीले थेरापीका लागि नाम दर्ता गराएका छन् । ‘यो हाम्रो सेवा दिने अवसर हो, सेवामा केही कमि रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका गए पनि पाउने सुविधा यही हो ।’ अस्पतालमा मेडिकल निर्देशकसमेत ररहेका यादव भन्छन् ।

बिएण्डसी अस्पताल हाताभित्र निर्माणाधीन आधुनिक भवनमा अस्पतालले ‘मुस्कुराउँछ नयाँ जीवन….’ भन्ने नाराका साथ सेवा थालनी गरेको हो । सेवा सञ्चालनमा आएपछि पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइको छ ।

क्यान्सर पहिचान तथा उपचारका लागि उपचारका लागि आवश्यक पर्ने सबै प्रकारका उपकरण अस्पतालले केही सञ्चालनमा ल्याइसकेको छ । केही द्रुत गतिमा जडान कार्य जारी राखेको छ । ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाउने अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौं उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिव एक अर्बभन्दा माथि र समग्र अस्पतालको पूर्वाधारमा रु चारअर्ब खर्च हुने जनाइएको छ ।

‘क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० शै्ययाको अस्पताल सञ्चालमा ल्याउने लक्ष्य रहेको छ । शुरुआत १०० श्ययाबाट भएको छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ ।’ अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईं भन्छन् ।

भारतमा उनले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराएका थिए । ‘मेरो पीडा जस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबैकुरा त्यागेर देशलाई क्यान्सर मुक्त बनाउने अभियानको आधार तयार गर्न दृढतले लागेँ’, उाले आफ्ना भोगाई सुनाए ।

पछिल्लो समय मेदान्त तथा राजिवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो सङ्ख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र वर्षेनी कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्याङ्क छैन । झापा जनस्वास्थ्य स्वास्थ्य कार्यालयबाट गत वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

नेपालमा वर्षेनी विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । ७० प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठिक उल्टो रहेको छ ।

रिफर होइन, रिफरल अस्पताल
बिएण्डसी अस्पतालका मेडिकल निर्देशक प्राडा निराजन पराजुली जनशक्ति, उपकरण र पूर्वाधारका दृष्टिकोणले अस्पताल उत्कृष्ट रहेको दाबी गर्नुहुन्छ । ‘काठमाडौँका अस्पतालले मात्र होइन छिमेकी देशका अस्पतालले दिने स्वास्थ्य सेवा प्रदान गरेका छौँ । क्यान्सरलाई मात्र रिफर गर्नुपर्ने अवस्था थियो, यो पनि अन्त्य भयो’, वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा पराजुली भन्छन् ।

गत वर्ष उनको नेतृत्वको चिकित्सक टोलीले करिब १५ घण्टाभन्दा बढी समय लगाई चटक्कै छिनेको खुट्टाको सफल शल्यक्रिया गरेको थियो । अस्पतामा अन्तरङ्ग तथा आकस्मिक सेवा लिन विशेष गरी झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीको चाप अत्यधिक रहेको छ । गत वर्षमात्र पाँच लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ ।

स्त्रीरोग क्यान्सर विशेषज्ञ प्राडा ज्ञयनाथ बराल भन्छन्, ‘चिकित्सकले सिकेको ज्ञानलाई उपकरणमार्फत सेवा दिने हो । उपकरण नभई सेवा दिन सकिँदैन । क्यान्सरका लागि त उपकरण विना केही गर्न सकिन्न । यहाँ अति आवश्यक सबै उपकरण रहेको छ । उपकरणविन ज्ञानको अर्थ रहँदैन । दुवै अस्पतालको शल्यक्रिया कक्षसहित सघन उपचार कक्ष संसारका अस्पतालका भन्दा कम रहेका छैनन् ।’

उनले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पताल तथा परोपकार स्त्रीरोग थापाथली अस्पतालमा लामो समय चिकित्सा शिक्षा र सेवामा बिताएका थिए । ‘मेरो कार्यस्थल नेपाल र नेपाली हुन, बिरामी निको भई खुशी भएमात्र चिकित्सक सफल हुने हो । काठमाडौं मात्र नेपाल होइन नी’

प्राडा पङ्कज नेपाल आधुनिक आवश्यक सबै उपकरण र जनशक्तिसहित काठमाडौं बाहिर क्यान्सर अस्पताल सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य रहेको बताउँछन् । उनले भने, ‘पूर्वाञ्जल क्यान्सर अस्पतालले बिरामीको गुणस्तरीय सेवालाई केन्द्रबिन्दुमा राखेको छ ।’–विष्णु नेपाल र सुरेन्द्र भण्डारी/रासस

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.