×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

नेपालकै सबैभन्दा ठूलो ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा

१७ पुष २०७६

१७ पुस, झापा । 

 ‘कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।’ डा.वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाए ।

विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झारे । ‘म यहीँ छु । मेरो त घाँटी नै काटिएको थियो । मलाई एकपटक हेर त ?’ समाजसेवी दुर्गा प्रसाईंले उनलाई आँशु पुछिदिँदै थप सान्त्वना दिए ।

युवापुस्ताका चर्चित क्यान्सररोग विशेषज्ञ डा यादवका अनुसार मिश्रलाई ठूलो आन्द्रामा क्यान्सर पुष्टि भएको थियो । क्यान्सरका सेललाई नष्ट गर्न पहिलो पटक ‘रेडियोथेरापी’ दिइँदै थियो । उनलाई ‘ट्र्युब विन लाइनर एक्सिलेटर’ अत्यधुनिक उपकरणमार्फत रेडियसन दिएको थियो ।

अमेरिकामा निर्मित अत्याधुनिक सो उपकरण संसारका उत्कृष्ट कहलिएका अस्पतालले प्रयोगमा ल्याएका छन् । ‘रेडियसन दिने पछिल्लो पुस्ताको आधुनिक उपकरण जुनदेशमा गए पनि उही हो’, डा यादवले भने । भारतको मेदान्त क्यान्सर अस्पताल छाडेर केही गरौँ भन्ने भावनाका साथ उनी स्वदेश फर्किएका थिए । पूर्वाञ्चलमा क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा जोडेका थिए ।

अस्पतालले बुधबारदेखि औपचारिकरुपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । पहिलो दिन २७ जना बिरामीले थेरापीका लागि नाम दर्ता गराएका छन् । ‘यो हाम्रो सेवा दिने अवसर हो, सेवामा केही कमि रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका गए पनि पाउने सुविधा यही हो ।’ अस्पतालमा मेडिकल निर्देशकसमेत ररहेका यादव भन्छन् ।

बिएण्डसी अस्पताल हाताभित्र निर्माणाधीन आधुनिक भवनमा अस्पतालले ‘मुस्कुराउँछ नयाँ जीवन….’ भन्ने नाराका साथ सेवा थालनी गरेको हो । सेवा सञ्चालनमा आएपछि पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएका बताइको छ ।

क्यान्सर पहिचान तथा उपचारका लागि उपचारका लागि आवश्यक पर्ने सबै प्रकारका उपकरण अस्पतालले केही सञ्चालनमा ल्याइसकेको छ । केही द्रुत गतिमा जडान कार्य जारी राखेको छ । ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाउने अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौं उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

अमेरिका र जर्मनीमा बनेका ती केही उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा ल्याउन सकेका छैनन् । उपकरणको मूल्यमात्र करिव एक अर्बभन्दा माथि र समग्र अस्पतालको पूर्वाधारमा रु चारअर्ब खर्च हुने जनाइएको छ ।

‘क्यान्सरको उपचार नपाएर कोही अकालमा मृत्यु हुन नपरोस् भन्नका लागि अस्पताल बनाउने सपना देखेको हुँ । करिब ३०० शै्ययाको अस्पताल सञ्चालमा ल्याउने लक्ष्य रहेको छ । शुरुआत १०० श्ययाबाट भएको छ । झापालाई ‘मेडिकल हब’ बनाउने मेरो सपना छ ।’ अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईं भन्छन् ।

भारतमा उनले केही वर्ष अगाडि घाँटीको क्यान्सरको उपचार गराएका थिए । ‘मेरो पीडा जस्तो अरुले खेप्न नपरोस् । समयमा उपचार पाएर पो म कालको मुखबाट बाँचे नत्र । यसपछि सबैकुरा त्यागेर देशलाई क्यान्सर मुक्त बनाउने अभियानको आधार तयार गर्न दृढतले लागेँ’, उाले आफ्ना भोगाई सुनाए ।

पछिल्लो समय मेदान्त तथा राजिवगान्धी क्यान्सर अस्पतालका बिरामीमध्ये तेस्रो सङ्ख्यामा नेपाली हुने गरेको बताइन्छ । नेपालबाट ती दुई अस्पतालमा मात्र वर्षेनी कति नेपाली क्यान्सर उपचारमा जान्छन् भन्ने तथ्याङ्क छैन । झापा जनस्वास्थ्य स्वास्थ्य कार्यालयबाट गत वर्षमात्र ४०० क्यान्सर रोगीले सिफारिस लिएका थिए ।

नेपालमा वर्षेनी विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । ७० प्रतिशतको अकालमा मृत्यु हुने गर्दछ । विकसित देशमा यो अवस्था ठिक उल्टो रहेको छ ।

रिफर होइन, रिफरल अस्पताल
बिएण्डसी अस्पतालका मेडिकल निर्देशक प्राडा निराजन पराजुली जनशक्ति, उपकरण र पूर्वाधारका दृष्टिकोणले अस्पताल उत्कृष्ट रहेको दाबी गर्नुहुन्छ । ‘काठमाडौँका अस्पतालले मात्र होइन छिमेकी देशका अस्पतालले दिने स्वास्थ्य सेवा प्रदान गरेका छौँ । क्यान्सरलाई मात्र रिफर गर्नुपर्ने अवस्था थियो, यो पनि अन्त्य भयो’, वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा पराजुली भन्छन् ।

गत वर्ष उनको नेतृत्वको चिकित्सक टोलीले करिब १५ घण्टाभन्दा बढी समय लगाई चटक्कै छिनेको खुट्टाको सफल शल्यक्रिया गरेको थियो । अस्पतामा अन्तरङ्ग तथा आकस्मिक सेवा लिन विशेष गरी झापा, इलाम, पाँचथर र ताप्लेजुङका बिरामीको चाप अत्यधिक रहेको छ । गत वर्षमात्र पाँच लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ ।

स्त्रीरोग क्यान्सर विशेषज्ञ प्राडा ज्ञयनाथ बराल भन्छन्, ‘चिकित्सकले सिकेको ज्ञानलाई उपकरणमार्फत सेवा दिने हो । उपकरण नभई सेवा दिन सकिँदैन । क्यान्सरका लागि त उपकरण विना केही गर्न सकिन्न । यहाँ अति आवश्यक सबै उपकरण रहेको छ । उपकरणविन ज्ञानको अर्थ रहँदैन । दुवै अस्पतालको शल्यक्रिया कक्षसहित सघन उपचार कक्ष संसारका अस्पतालका भन्दा कम रहेका छैनन् ।’

उनले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पताल तथा परोपकार स्त्रीरोग थापाथली अस्पतालमा लामो समय चिकित्सा शिक्षा र सेवामा बिताएका थिए । ‘मेरो कार्यस्थल नेपाल र नेपाली हुन, बिरामी निको भई खुशी भएमात्र चिकित्सक सफल हुने हो । काठमाडौं मात्र नेपाल होइन नी’

प्राडा पङ्कज नेपाल आधुनिक आवश्यक सबै उपकरण र जनशक्तिसहित काठमाडौं बाहिर क्यान्सर अस्पताल सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य रहेको बताउँछन् । उनले भने, ‘पूर्वाञ्जल क्यान्सर अस्पतालले बिरामीको गुणस्तरीय सेवालाई केन्द्रबिन्दुमा राखेको छ ।’–विष्णु नेपाल र सुरेन्द्र भण्डारी/रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top