विराटनगर, फागुन २९
नेपालले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाउन अब दुई वटा मौका रहेका छन । सुपरसिक्समा पुग्न नसकेपनि नेपालले अझै एकदिवसिय मान्यता पाउन दुई मौका पाएको हो ।
समूह ‘बी’ मा चौथो भएको नेपालले अब समूह ‘ए’ को पाँचौं स्थानमा रहेको पपुवा न्युगिनीसँग प्ले–अफमा खेल्नेछ । समूह ‘ए’ मा चौथो भएको नेदरल्यान्ड्सले समूह ‘बी’ को पाँचौं टोली हङकङसँग खेल्नेछ ।
नेपालले वान–डे अन्तर्रा्ष्ट्रिय मान्यता पाउन पपुवा न्युगिनी र हङकङभन्दा माथि रहनुपर्नेछ । नेपालले पपुवा न्युगिनीलाई जित्दा र नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेमा नेपालको वान–डे अन्तराष्ट्रिय मान्यता निश्चित हुनेछ ।
नेपाल र हङकङ दुवैले जितेमा सातौं स्थानको प्लेअफमा खेल्नुपर्नेछ र त्यो जित्ने टोलीले वान–डे अन्तरष्ट्रिय मान्यता पाउनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्दै स्कटल्यान्ड र यूएईले वान–डे अन्तराष्ट्रिय मान्यता कायमै राखेका छन् ।