×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा

२० पुष २०७६

२० पुस, लन्डन ।
नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा गरेको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउन संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले भ्रमण वर्षमा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको योजना सार्वजनिक गरेका हुन् ।

Advertisement
Advertisement

हाम्रो त्यति धेरै महत्वाकांक्षी योजना पनि होइन्, सबैले एक एकजना आफ्नो बेलायती साथीलाई नेपाल पठाए एक लाख होइन तीन लाखसम्म पर्यटक पठाउन सकिने मेरो विश्वास छु, राजदूतले भने ।

सन् २०१९ मा बेलायतबाट करिब ६५ हजार बेलायती नेपाल घुम्न गएका बताइएको छ, यद्यपि यसको आधिकारिक तथ्यांक आउन बाँकी छ । दूतावासमा शनिबार आयोजित शुभारम्भ समारोहमा दूतावासले वर्ष २०२० का लागि विभिन्न योजना सार्वजनिक गरेको छ ।

राजदूत सुवेदीले बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०४ वर्षे इतिहासमा पहिलोपटक बेलायतमा आगामी मे २५ दिउँसो हुन लागेको दुई देशका राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल पनि पर्यटन वर्ष अभियानकै एक हिस्सा भएको बताए ।

बेलायत र नेपालका विभिन्न संघसंस्थाबीच भगिनी सम्बन्ध स्थापना गर्ने, बेलायतका चारवटै राज्यमा पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्ने, हरेक नेपाली रेस्टरेन्ट र संघसंस्थाका बृहत् कार्यक्रममार्फत भ्रमण वर्षप्रचार प्रसारलाई तीव्रता दिइने राजदूतको योजना छ ।

सुवेदीले दूतावासले भ्रमण वर्ष केन्द्रित गर्दै भिजा सहजीकरण र संयुक्त अधिराज्यका विभिन्न सहरमा आफ्नो घुम्ती सेवा सुरु गरेको पनि जनाए । दूतावासले १५ मिनेटभित्र भिजा र घर घर गएर पनि द्रुतसेवा दिने राजदूतको दाबी छ ।

भ्रमण वर्ष अभियानलाई सार्थक सहयोग पुर्‍याउने उद्देश्यसहित राजदूत सुवेदीको अध्यक्षतामा गत १९ जनवरी २०१९ मा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति यूके र यस अन्तर्गत विभिन्न २२ वटा समिति गठन भएको थियो ।

कार्यक्रममा २२ वटै समितिका संयोजक र उपसंयोजकले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्दै भ्रमण वर्ष सफल बनाउन आ(आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Advertisement

एनआरएनए यूकेसहित समस्त नेपाली डायस्पोराको सामूहिक प्रतिबद्धताले दूतावासको योजना साकार हुने विश्वास उपनियोग प्रमुख शरदराज आरनको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top