ब्राउन सुगरसहित पाँचजना पक्राउ

२० पुस ७६, सोमबार

२१ पुस, धनगढी ।
धनगढीबाट लागूऔषधको कारोबारमा संलग्नको आरोपमा १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागूऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

Advertisement

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध बरामद गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top