×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

मुगु सञ्चारविहीन : राराका पर्यटक मर्कामा

२२ पुष २०७६

२२ पुस, मुगु ।

नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् ।

Advertisement
Advertisement

यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको र बैंकका सबै प्रणाली चलाउन समस्या आएको जानकारी दिए ।

बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट सञ्चालन गरिएपनि यसको गति सुस्त रहेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँका सेवाग्राही विष्णुबहादुर भण्डारी बैंकमा रहेको आफ्नो खातामा बचत के कति छ भनेर बुझ्न आएको तीन घण्टा भइसक्दा पनि थाहा पाउन नसकेको गुनासो गरे ।

इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको विद्यार्थी बताउँछन् ।

जिल्लाकै ठूलो वित्तीय संस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाहीले लघुवित्तको कारोवार, लगानी, बचत, भुक्तानीजस्ता काम गर्न समस्या भएको जानकारी दिए ।

टाढा– टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही इन्टरनेट नहुँदा निरास भएर फर्कने गरेका छन् । प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन् ।

नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन् । इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न गाह्रो भएको टेलिकम मुगुले बताएको छ ।

योजना तथा कार्यक्रमको भुक्तानी दिन जिल्लामा रहेका चार स्थानीय तहलाई समस्या भएको छ । वित्तीय कारोवार गर्न सफ्टवेयर नचल्दा आफूहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजङ्ग रावल जानकारी दिए ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिङ्क, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेका छन् । यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरुले वितरण गरेका इन्टरनेटको गति सुस्त छ । टेलिकमको थ्रिजी सेवा गाउँ–गाउँसम्म विस्तार भएकाले सर्वसाधारण पनि मोबाइलमा डाटा लिएर इन्टरनेटजन्य कारोवार र सेवा लिने गर्दै आएका छन् ।

Advertisement

डाँफेलेकमा बाक्लो हिउँ जमेको र मौसममा सुधार नआएकाले टावरमा के–कस्तो समस्या हो बुझ्न जानसमेत प्राविधिकलाई समस्या परेको जनाइएको छ । नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ । रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top