×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता

२२ पुष २०७६

२२ पुस, सिरहा ।
सिरहामा रहेका पुरोहित (पण्डित) तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् ।

सिरहामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीले सोमबार सिरहा नगरपालिका १२ को सारस्वरमा आयोजना गरेका अन्तरक्रियामा सिरहाका पण्डित तथा मौलानाहरूले विवाह गराउनु अघि केटा र केटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका हुन् ।

Advertisement
Advertisement

विवाह गराइ दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित तथा मौलानाहरुले प्रतिबद्धता जनाएकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

वरबधुको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने अन्तरक्रियाबाट निर्णय भएको जानकारी दिदै प्रहरी उपरीक्षक चतुर्वेदीले यो निर्णयविपरीत बालविवाह गराइए कारबाही हुने बताए ।

पछिल्लो समय सिरहामा बालविवाह व्यापकरुपमा भइरहेको जनगुनासो आएपछि प्रहरीले हिन्दू धर्मावलम्बीहरुको पण्डित तथा मुस्लिम समुदायका मौलानाहरूसँग अन्तरक्रिया गरेको हो ।

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेदका घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहित तथा मौलानाहरुलाई प्रशिक्षण दिएको प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गरेका छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित तथा मौलाना बोलाएर विधिपूर्वक सिन्दुर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई निरुत्साहित गर्न अभियान चलाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको कानुनी व्यवस्था छ ।

Advertisement

सिरहा नगरपालिका १२ का वडाध्यक्ष शत्रुधन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका पुरोहित तथा मौलानाहरुसँग बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखा पर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो ।(रासस)

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top