×

NEPAL TIMES UPDATES

Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026

सरकारले यस वर्ष पनि ६० हजारलाई रोजगारी दिने

२२ पुष २०७६

२२ पुस, काठमाडौँ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना रहेको बताएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दाहालले कार्यक्रमका लागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन भएको बताए । विनियोजित बजेटमध्ये ७० प्रशित रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत रकम मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च हुने उनले बताए । एक सय दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्ता स्वरुपदिनुपर्ने प्रावधान रहेको समेत उनले बताए ।

Advertisement
Advertisement

गत वर्षमा झार उखेल्ने प्रकृतिका कामहरुमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने उनले बताए । गतवर्ष कार्यक्रमको तयारी गर्नुपर्ने भएका कारण स्तरिय काम हुन नसकेको स्वीकार गर्दै उनले यो वर्ष स्थानीयतहले गर्ने कामहरु सूची पहिले नै पठाउनुपर्ने गरी निर्देशन गरिएको बताए । मागमा आधारित भएर बजेट जाने प्रकृयाले यो वर्ष गुणस्तरिय काम हुने विश्वास उनले व्यक्त गरे ।

मन्त्रालयले आफ्नो तीनमहिने कार्ययोजना सार्जजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजनाहरुको प्रभावकारी अनुगमन गर्ने बताएका छ । सातै वटै प्रदेशहरुमा रोजगारीका सम्भावनाहरुको पहिचान गर्न अध्ययन गरिने पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी औद्योगिक करिडोर लगायत मुलुकका विभिन्न स्थानमा त्रिपक्षीय सहभागितामा सामाजिक संवाद सञ्चालनगर्ने, बालश्रम, व्यवसायजन्य सुरक्षाएवं स्वास्थ्य न्यूनतम पारिश्रमिक भुक्तानी लगायतका श्रम ऐन नियमको पालना भएनभएको सम्बन्धमा एक हजार उद्योगहरुको अनुगमन गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

Advertisement
Advertisement

विदेशमा रहेको कुटनीतिक नियोगबाट पुनःश्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने, बीमा र कल्याणकारी कोष वाफतको रकम अनलाईन प्रणाली मार्फत बुझाउने र दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रकृया सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । यसैगरी १० हजारलाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालिम प्रदानगर्ने, ओमानसँग द्विपक्षिय श्रम समझदारी गर्ने र आगामी तीन महिनामा १५ हजार रोजगारदाता र १ लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सहित २५ त्रैमासिक योजना मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top