२३ पुस, तेहरान ।
अमेरिकी सैन्य बेसमा बुधबार गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको इरानले छ ।
रिभ्युलुसनरी फोर्स उच्च स्रोतको हवला दिँदै मिसाईल आक्रमणमा इरानी टेलिभिजनले ८० जना मारिनुका साथै निशानामा परी अमेरिकी स्रन्य उपकरण तथा हेलिकप्टरमा ठूलो क्षति पुगेको जानकारी दिएको छ ।
बुधबार बिहान इरानले पश्चिमी इराकको इन् अल आसाद र इरविलकास्थित अमेरिकी गठबन्धन सेनाका दुई बेस क्याम्पमा मिसाइल प्रहार गरेको थियो । इरानले अमेरिकाले कुनै आक्रमण गरे जवाफी कारबाहीका लागि १०० निशाना तयारीमा राखिएको भनी चेतावनी दिएको हो ।
गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो। यता बुधबार बिहान अमेरिकी राष्ट्रपतिले भने हाल सम्म सबै ठीक भएको प्रतिक्रिया दिएका थिए ।
