पुस २१ गतेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु यस्ता छन्

२३ पुस ७६, बिहीबार

पुस २१ गतेको मन्त्रीपरिषदले गरेका निर्णयहरु:

१. द्विपक्षीय तथा बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सृजना भएका वा हुने विवादहरु निरुपण र प्रतिरक्षा गर्नका लागि अर्थमन्त्रालयका सचिवको संयोजकत्वमा आठ सदस्यीय आवश्यक तयारी संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना, मोरङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

Advertisement

३. साझेदारी ऐन २०२० लाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिइएको छ ।

४. मिति २०७६ पुस २७ र २८ गते भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत पेट्रोलियम पदार्थ र ग्याँसको विषयमा संयुक्त कार्य समूह बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमा मन्त्रालयका सहसचिव धु्रव घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागिताका लागि स्वीकृती दिइएको छ ।

५. ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति भइरहेकोमा विद्युत् उपभोगकर्ता उद्योगी, व्यवसायी तथा विद्युत् प्राधिकरण बीच देखिएको विवाद लगायतका समस्या समाधानका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र अर्थ मन्त्रीको आवश्यक समन्वयमा १५ दिन भित्र अध्ययन गरी सुझाव सहित सिफारिश गर्न देहाय बमोजिम समिति गठन गरिएको छ । समितिको संयोजक सचिव उर्जा, उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका सचिव ९सदस्य०, अर्थ मन्त्रालयका सचिव ९सदस्य० र विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक नेपाल ९सदस्य०, उर्जा मन्त्रालयका सह सचिव ९सदस्य सचिव० हुनेछन् । आवश्यकता अनुसार उपसमिति र कार्यदल वठन गरी कार्यसम्पादन गर्ने म्याण्डेट पनि समितिलाई दिइएको छ ।

६. वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र हरित जलवायु कोष बीच एक्रिडिएसन मास्टर एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृती दिइएको छ ।

७. पानी जहाज दर्ता तथा संचालन गर्न बनेको कानुन संशोधन र एकीकरण गर्न तर्जुमा गरेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिइएको छ ।

८. महाकाली सिंचाई आयोजनाको नहर निर्माणका लागि थप राष्ट्रिय वन क्षेत्र २९।६ हेक्टर प्रयोग गर्न स्वीकृती दिइएको छ ।

९. उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक शिक्षा र सीप विकास गर्ने विधेयक तर्जुमा गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृती दिइएको छ ।

१०. अर्थमन्त्रालय अन्तर्गतको निकायहरुमा संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरिएको छ ।

११. नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधार, काठमाडौं र दुर्गालक्ष्मी श्रेष्ठ, गोरखालाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

१२. दुरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा ५ बमोजिम देहाय बमोजिम निर्णय गर्ने निर्णय गरिएको छ ।

क. नेपाल दुरसञ्चार प्राधिकरणले मिति २०७६–४– १३ मा निर्णय नं ४१६२ बाट वेबसर्भर नेपाल कम्युनिकेशन सिस्टम प्रा लिको अनुमति पत्र खारेज हुने गरी गरेको निर्णय र सो को जानकारी दिएको पत्र बदर गर्ने । प्रचलित कानुनको अधिनमा रही पालना गर्नुपर्ने शर्तको अधिनमा रही तिर्नु बुझाउनु पर्ने सबै किसिमको रकम प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने । निजले हालसम्म तिर्न बुझाउन पर्ने साँवा ब्याज सहितको बक्यौता जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६÷७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने । यसरी निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा प्रचलित कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने लगायतका कारबाही हुने व्योहोरा एवं प्रस्तुत निर्णको जानकारी उजुरीकर्तालाई दिन सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय मार्फत् नेपाल दुरसञ्चार प्राधिकरणमा लेखी पठाउने ।

ख. स्मार्ट टेलिकमको अनुमति पत्र खारेज हुने गरी गरेको निर्णय र सो को जानकारी दिएको पत्र बदर गर्ने । प्रचलित कानुनको अधिनमा रही पालना गर्नुपर्ने शर्तको अधिनमा रही तिर्नु बुझाउनु पर्ने सबै किसिमको रकम प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने । निजले हालसम्म तिर्न बुझाउन पर्ने साँवा ब्याज सहितको बक्यौता जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६÷७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने । यसरी निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा प्रचलित कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने लगायतका कारबाही हुने व्योहोरा एवं प्रस्तुत निर्णको जानकारी उजुरीकर्तालाई दिन सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय मार्फत् नेपाल दुरसञ्चार प्राधिकरणमा लेखी पठाउने ।

ग. नेपाल स्याटेलाइट टेलिकम प्रा लि अनुमति पत्र खारेज हुने गरी गरेको निर्णय र सो को जानकारी दिएको पत्र बदर गर्ने । प्रचलित कानुनको अधिनमा रही पालना गर्नुपर्ने शर्तको अधिनमा रही तिर्नु बुझाउनु पर्ने सबै किसिमको रकम प्रचलित कानुन बमोजिम निर्धारित समय भित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने । निजले हालसम्म तिर्न बुझाउन पर्ने साँवा ब्याज सहितको बक्यौता जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६÷७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने । यसरी निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा प्रचलित कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने लगायतका कारबाही हुने व्योहोरा एवं प्रस्तुत निर्णको जानकारी उजुरीकर्तालाई दिन सञ्चार, तथा सूचना प्रविधि मन्त्रालय मार्फत् नेपाल दुरसञ्चार प्राधिकरणमा लेखी पठाउने ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top