Nepal Times
Nepal Times
3
Shares

सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

सात महिनामा एक हजार ७९ मेट्रिक टन माछा आयात

विराटनगर, फागुन २९
भारतबाट विगत आठ महिनामा ठूलो परिमाणमा माछा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

अधिकांश मात्रामा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा माछा आयात गरिएको हो । आयातित् माछामा रहुँ, नैनी, भाकुरका साथै अन्य जातको रहेको छ ।

सिद्रा माछा १४ दशमलव ६ मेट्रिक टन, एक्युरियम माछा तीन हजार ९०० गोटा र ८० हजार माछाको भुरा आयात गरिएको कार्यालयका स्वास्थ्य प्राविधिक नीरज कट्टेलले जानकारी दिए ।

यसका साथै सो अवधिमा १० हजार ९६६ वटा सँुगुर, एक हजार ३२९ घोडा खच्चर, राँगाभैँंसी एक हजार ५३६ तथा गाईगोरु ६२ आयात गरिएको छ । भारतबाट आयातित् माछा खानयोग्य छ कि छैन् भनेर विराटनगरस्थित खाद्य प्रविधि प्रयोगशालामा जाँच गराउने गरिएको प्राविधिक कट्टेलले बताए ।

खसीबोकालगायत जनावर रोगी भए नभएको विराटनगरस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जाँच गराउने गरिएको उनले बताए । सोही अवधिमा सिरहाको माडर नाकाबाट १०६ मेट्रिक टन दूध, १०२ मेट्रिक टन दही र ९१ किलो घ्यू निर्यात भएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.