×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बोलीले ज्यान लियो)
स्थानीय खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोको धनुषामा टिपरले किचेर हत्या /हत्या विरोधमा स्थानीयद्वारा टायर बालेर राजमार्ग अवरुद्ध / प्रहरीको पनि संलग्नता रहेको स्थानीयको आरोप ।

Advertisement
Advertisement

२.(श्रीस्वस्थानी सुरु)
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा आजबाट सुरु /स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास ।

३.(सडक बन्यो काल)
तनहूँमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु / बसमा सवार २५ मध्ये १७ यात्रु घाइते / हिलो बाटोमा बस चिप्लिएर सडकबाट करिब ४० मिटर तल भीरमा खसेको प्रहरीको भनाई ।

४.(ठग पक्राउ)
फेसबुक लगायतका सामाजिक सञ्जालमा विदेशबाट पार्सल आएको छ भन्दै ठगी गर्ने पाँच जना काठमाडौंका विभिन्न ठाँउबाट पक्राउ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीद्वारा दुई विदेशीसहित तीन नेपालीलाई पक्राउ गरी अनुसन्धान सुरु ।

५.(पार्टीको अप्रत्यक्ष ह्वीप)
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने लगभग तय /नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का सांसदको भनाई ।

६.(अष्ट्रेलियालाई समवेदना)
अस्ट्रेलियामा डढेलोले मानवीय, वनस्पति र जीवजन्तुमा पुर्याएको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समवेदना प्रकट / अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लेलाई सम्बोधन गर्दै डढेलो नियन्त्रण गर्न सफलताको कामना ।

७.(गुणस्तरीय शिक्षक चाँहियो)
शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको भनाई / गुणात्मक शिक्षा दिनसक्ने शिक्षाबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने उल्लेख ।

८.(भाषाको गुणगान)
भाषाको कुनै भुगोल नहुने सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको भनाई /नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सिमालाई पनि पार गरेको उल्लेख ।

९.(सूचना विधेयकको त्रास)
सूचना विधेयकमा सरकारको आलोचना गर्ने सबैलाई जन्मकैद सम्मको कारबाही गर्ने व्यवस्था रहेको भन्दै विज्ञहरुद्वारा चिन्ता व्यक्त /विधेयकलाई संसदीय समितिले पारित गर्नु सबैभन्दा लज्जा र खतरनाक रहेको दाबी ।

१०.(कार्यान्वयन पनि होस्)
दुई वर्षका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)द्वारा स्नातक तहका १२ ओटा शैक्षिक कार्यक्रमको शुल्क निर्धारण / एमबीबीएस र बीडीएसमा भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क नै निर्धारण ।

११.(फन्दामा विप्लव कार्यकर्ता)
संगठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका पश्चिम नवलपरासी जिल्ला सदस्य मोहन सापकोटा पक्राउ / तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुइटा ट्रकमा आगो लगाई संगठित अपराध गरेको आरोप ।

१२.(पाम आयलमा प्रतिबन्ध)
भारतले रिफाइन्ड पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि त्यसका असरका बारेमा नेपाल सरकार आन्तरिक छलफलमा / नेपालको सबभन्दा धेरै निर्यात हुने वस्तुको निर्यात नै ठप्प हुने अवस्था आएपछि कूटनीतिक पहल अघि बढाउने सरकारको तयारी ।

१३.(कमजोर ब्यवस्थापनको असर)
१३ औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपनि सरकारले विजेतालाई दिने भनेर घोषणा गरेको पुरस्कार एक महिनासम्म पनि कार्यान्वयनमा आएन / घोषणा गरिएको पुरस्कार नपाउदा खेलाडीहरु निराश ।

१४.(पुलिसको पराक्रम)
नेपाल पुलिस क्लब प्रदेश २ लाई ४६ रनले पराजित गर्दै इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश / पहिलो सेमिफाइनलमा प्रदेश ३ र आर्मी तथा दोस्रोमा पुलिस र समुह ‘डी’ को विजेता भिड्ने ।

Advertisement

र,
१५.(आरोप अस्वीकार)
दुर्घटनामा परेको युक्रेनी जहाजमा क्षेप्यास्त्र नलागेको इरानको दाबी /छानबिन गर्न जहाज निर्माता कम्पनी बोइङलाई तेहरानको निम्तो/ जहाजको ब्ल्याक बक्स भने बोइङलाई नदिई आफैंले डाटा डाउनलोड गरेर इरानलेनै अध्ययन गर्ने ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top