आक्रमणमा परी १८ शान्ति सेना घाइते

२५ पुस २०७६, शुक्रबार
Share this
689shares

२५ पुस, संयुक्त राष्ट्रसंघ।

Advertisement

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् ।

‘संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज बिहान आक्रमण भएको खबर आएको छ । किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो’–प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

Advertisement

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए । उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउनेक्रममा रहेको पनि बताए । रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top