काठको रेलिङ भाँचिच्दा सोलुमा १ जनाको मृत्यु

२५ पुस ७६, शनिबार

पौष २६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिका ४ सनासा र र्फातसेको बाटोमा राखेको काठको रेलिङ भाचिएर तल झर्दा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार गाउँपालिका ४ फोर्तसे ठागा घर भएका बर्ष ४० को पाल्देन शेर्पा नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा रहेको काठको रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर बाटोबाट सय मिटर तल खस्दा उनी गम्भिर घाईते भएका थिए ।

दुर्घटनापछि उनलाई उपचारकोलागी खुन्दे अस्पताल खुम्जुङमा र्पुयाउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top