विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण र द्धिप प्रज्वलन

१ चैत ७४, बिहीबार

विराटनगर, चैत १
विराटनगर स्थित निहारिका कलेजले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विमान दुर्घटना परि ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण तथा द्धिप प्रज्वलन गरेको छ ।

Advertisement

विराटनगर–५ बरगाछीमा रहेको उक्त कलेजले अध्यनरत विद्यार्थीहरुको सहभागितामा युएस बंगलाको विमान दुर्घटनामा मृत्युभएको स्वदेशी तथा विदेशी नागरिकहरुको सम्झनामा १ मिनेट मौन धारण र आत्माको चीर शान्तिका लागि द्धिप प्रज्वलन गरेको हो ।

कलेज प्राङ्गणमा आयोजित मौनधारण तथा द्धिप प्रज्वलनमा सोही कलेजमा अध्यनरत विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहेको अध्यक्ष रुपेस खतिवडाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top