विप्लव समूहका पश्चिम दाङ सेक्रेटरी पक्राउ

२७ पुस ७६, सोमबार

२८ पुस, दाङ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एउटा मोबाइल बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top