नेयमारको दुई गोल, पीएसजी बराबरीमा

२७ पुस ७६, सोमबार

२८ पुस, एजेन्सी ।
ब्राजिली फरवार्ड नेयमार जुनियरले दुई गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा पीएसजीले मोनाकोसाग ३–३ गोलको बराबरी खेलेको हो । पार्क डि प्रिन्सेस स्टेडियमा नेयमारले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे ।

पहिलो हाफमा ५ गोल हुदा दोस्रो हाफमा एक गोल भएको थियो । खेलको तेस्रो मिनेटमा नै नेयमारको गोलबाट पीएसजी खेलमा अघि बढेको थियो । साँतौ मिनेटमा गिल्सनले बराबरी गोल फर्काए ।

१३औं मिनेटमा विसाम विन यडरले गोल गरेपछि पीएसजी खेलमा २–१ ले पछि परेको थियो । २४औं मिनेटमा फोडे बालोले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–२ ले अघि बढाए । ७०औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीपछि पीएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको मार्सेली ४१ अंक जोडेर दोस्रो स्थानमा छ । मोनाको २९ अंक जोडेर आठौं स्थानमा छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top