सह–चालकले चलाएको गाडीको ठक्करबाट इटहरीमा साइकलयात्रीको मृत्यु

२८ पुस ७६, सोमबार
Share this
739shares

२८ पुस, सुनसरी।
सुनसरीको इटहरी उप महानगरपालिका–५ पिपलचोकमा सेप्टिट्याङकी बोकेको गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पिपलचोकको भित्रि सडक खण्डमा सोमबार मध्यान्न को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री इटहरी उपमहानगरपालिका ४ हलगडा बस्ने २६ वर्षकी सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।

Advertisement

ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागि बिराट नर्सिङहोम ल्याईकोेमा उपचारको क्रममा उनको मृत्यु भएको हो । सेफ्टिट्याङ्की बोकेको गाडीका चालक इटहरी ५ का ३८ वर्षीय राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका समयमा सहचालकले चलाएको खुल्न आएपछी सह–चालक रामधुनि ३ का ४९ वर्षीय प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top