हाइड्रोमा लगानी बढाउँदै सरकार,३६ अर्ब लगानी गर्ने तयारी

२८ पुस, काठमाडौँ ।
सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५ वर्षे व्यवसायीक योजनालाई कार्यान्वयनमा जोड दिएको छ । सोमबार बसेको कम्पनीको आठौं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष तथा उर्जा सचिव दिनेशकुमार घिमिरेले ५ वर्षे व्यवसायीक योजना अन्तर्गत निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागिएको बताएका हुन् ।

कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ देखि नै पाँच वर्षे व्यवसायीक योजना लागू भइसकेको भएपनि यो वर्ष देखि प्रभावकारी कार्यान्वयनमा जाने जानकारी दिए । उनले विगतमा कम्पनीले अन्य आयोजनाहरुमा ऋण लगानी गर्दै आएको र आगामी दिनमा निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युतमा स्वपूँजी लगानी गर्ने बताए । त्यस्तै कम्पनीको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरणमा जोड दिइएको र स्वपूँजी लागनी मार्फत शेयरधनीको प्रतिफल बढाउने योजना रहेको उनले बताए ।

साधारणसभामा शेयरधनीहरुले सञ्चालकहरुको तलब भत्ता उच्च हुँदा समेत व्यवसायीक योजना अनुसार काम गर्न नसकेको र शेयरधनीहरुको प्रतिफल बढाउन नसकेको भन्दै प्रश्न गरेका थिए । कम्पनीले पाँच वर्षे व्यवसायीक योजना अन्तर्गत गत आर्थिक वर्षसम्ममा कुल ५ सय ३३ मेगावाट क्षमताका आयोजनामा ६ अर्ब १ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएपनि अहिलेसम्म कुनैपनि आयोजनामा लगानी गरेको छैन । कम्पनीको साधारणसभाले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात १ अर्ब ३२ करोड बराबरको नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top