×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फागुन २ देखि विराटनगरमा ‘विराट एक्स्पो’ हुने

२९ पुष २०७६

२९ पुस, बिराटनगर ।
आगामी फागुन २ देखि विराटनगरमा ‘विराट एक्स्पो’ हुँने भएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित ९ दिने प्रदर्शनी हुँन लागेको हो ।

उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउँदै उत्पादक र उपभोक्तावीचको व्यावसायिक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, कृषि औजार, सूचना प्रविधि तथा बैकल्पिक उर्जा, अटोमोवाईल्स तथा पार्टस, हस्तकलाका सामग्री, विधुतीय तथा घरायसी सामाग्री, गार्मेन्ट, खाद्य पदार्थ, शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तिय सस्थाका ३ सय १५ स्टल रहनेछन् ।जसमध्ये भारत, चीन, भुटान, पाकिस्तान र बंगलादेशका ६० स्टल बुक भएका छन् ।

Advertisement
Advertisement

एक्स्पोमा नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान लगायत देशका ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्बको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष घिमिरेले बताए । पूर्वी नेपालको औद्योगिकरणमा टेवा पुर्याउन दुई दशक अघिदेखि उद्योग संगठनले विभिन्न नाममा प्रदर्शनी गर्दै आएको छ ।

Advertisement

यसअघि २०५३ मा कोशी महोत्सव, २०५७ मा औद्योगिक व्यापार मेला, २०६३ मा कृषि तथा औद्योगिक प्रदर्शनी, २०६६ र २०७३ मा विराट एक्स्पो गरिएको थियो । उद्योग संगठन मोरङको आयोजनामा फागुन १० गतेसम्म हुँन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो । एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top