दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नो पार्किङ लफडा)
विराटनगरको मुख्य बजारमा सडकको दुबैतर्फ सवारी पार्किङ गर्न निषेध गरेपछि व्यवसायीको विरोध / बजार भन्दा पर सवारी पार्किङ गर्दा ग्राहकहरु बजारमा नआउने ब्यापारीको चिन्ता / एकतर्फ पाकिङको माग ।

२.(ध्यानाकर्षण होस्)
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी / गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिएको आरोप ।

Advertisement

३.(निडर तुम्बाहाम्फे)
राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेलसम्म राजीनामा नदिने उपसभामुख तुम्बाहाम्फेको अडान /अहिले आफु कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनैपनि दलको निर्देशन लागू नहुने दाबी ।

४.(लुक्दैन अपराध)
एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने रविन रुचाल प्रहरी नियन्त्रणमा /एक वर्षदेखि फरार प्रतिवादी चितवनबाट पक्राउ ।

५.(पास्टरको पारा)
चर्चमा प्रार्थना गर्न जाने एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट पास्टर ध्रुवबाबु जोशी पक्राउ /खुट्टा काम्ने रोगबाट पीडित महिलालाई निको बनाइदिने भन्दै तीन महिनादेखि करणी गर्दै आएको आरोप ।

६.(गफै मात्र नबनोस्)
जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङको भनाई /ट्रयाक र लिक निर्माणको काम सम्पन्न भई रेल खरिदका लागि अर्डर समेत भइसकेको दाबी ।

७.(न्वारान गर्ने तयारी)
माघ ५ गतेबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनले प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउने सत्तारुढ दलको दाबी /१२ जिल्लाका नागरिकको सुझावका आधारमा छलफल गरेर टुंगो लगाइने ।

८.(हाम्रो हविगत)
व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई / जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको गुनासो ।

९.(संसद भवन भत्किने)
सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न संसदीय समितिको निर्देशन /भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ भवन बनाउनु पर्ने ।

१०.(‘ सको बाटो देखो)
वर्षौँदेखि सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिने जिल्ला समन्वय समिति धनुषाको निर्णय / जिल्लाको नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्रीसम्बन्धी अनुगमन तथा समन्वय गर्ने निर्णय ।

११.(निशानामा एनसेल)
मोबाइल सेवाका टावरमा आक्रमण नगर्न सबै पक्षलाई नेपाल दूरसञ्चार प्राधिकरणको आग्रह / इलामको एक र काठमाडौंका दुई स्थानमा एनसेलका टावरमाथि आक्रमण ।

१२.(गरीबको दुःख)
निरन्तरको शितलहरसँगै बढेको चिसोका कारण ग्रामीण क्षेत्रका विपन्न समूदायको जनजीवन प्रभावित / गरिबीका कारण पोषिलो खाने कुराको अभाव तथा न्यानो लुगा समेत नहँुदा सप्तरीका डोम समूदायको जनजीवन कष्ठकर ।

१३.(स्ववियुको चटारो)
स्ववियु निर्वाचनको तयारी सुरू गर्न देशभरका आंगिक क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन /अध्यक्ष, सचिव र कोषाध्यक्षकालागि देशभरका एक हजार ५१ क्याम्पसमा फागुन १४ गते स्ववियु चुनाव हुने ।

१४.(रोकियो आर्मी)
अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबसँग १–१ को बराबरीमा रोकियो /छैटौं चरणको समाप्ती हुदा आर्मी र मछिन्द्रको समान १३ अंक ।

र,
१५.(धुवाँको फन्को)
अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को घुमेर अस्ट्रेलिया नै पुग्ने नासाको दाबी /धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन /न्यूजील्याण्डमा वायु प्रदुषण ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top