काठमाडौ, चैत १
सत्तारुढ बामगठबन्धनको तर्फबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उपसभामुखमा उम्मेदवारी दिएकी छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा एमालेकी सांसद तुम्बाहाम्फेले उपसभामुख पदमा उम्मेदवारी दिएकी हुन् ।
शुक्रबार अपरान्ह १ बजे उपसभामुखको निर्वाचन हुँदैछ । त्यसका लागि एमालेले समानुपातिक सांसद तुम्बाहाम्फेलाई उपसभामुखको उम्मेदवार बनाएको हो । उपसभामुखमा उम्मेदवारी दर्ता गरेपछि सांसद तुम्बाहाम्फेले देश र जनतालाई केही गर्ने थप अवसर प्राप्त भएको प्रतिक्रिया दिईन् ।
पार्टी एकीकरणको अन्तिम गृहकार्यमा जुटेको एमाले र माओवादी केन्द्रबीच सभामुख र उपसभामुख पद पनि बाँडफाँड भएको थियो । सोही अनुसार एमाले सांसद तुम्बाहाम्फेलाई उपसभामुखको उम्मेदवार बनाइएको हो ।