काठमाडौं, चैत १
गृहमन्त्री रामबहादुर थापाले कानुन तोड्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री थापाले कानुन तोड्ने र दवावमा अपराधीलाई छोड्ने काम हुन नदिइने दृढतासमेत व्यक्त गरे ।
उनले विधिको शासनअनुसार मुलुकलाई चलाउन राजनीतिक दबाबविरुद्ध मुकाविला गर्न पनि यातायात क्षेत्र मातहतका निकायलाई सचेत गराए । आज यातायात क्षेत्र र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर निर्देशन दिँदै उनले अनावश्यक दबाब सरकारलाई सैह्य नहुने पनि स्पष्ट पारे ।
गृहमन्त्री थापाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले कडा कानुन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । गृहमन्त्री थापाले कतिपय ऐन अपराधमंैत्री जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई तत्काल संशोधन गर्ने योजना पनि अघि सारे ।
उनले सरकार विकास र समृद्धिको अभियानमा अघि बढेको भन्दै त्यसमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।