काठमाडौं, चैत १
नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सपथ लिए् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई राष्ट्रपति भवन सितल निवासमा आज अपरान्ह पद तथा गोपनियताको सपथ खुवाईन् ।
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कार्यबहाक प्रधानन्यायाधिश दिपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
एमालेका सांसद तिमिल्सिना हिजो राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचन भएका थिए । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन पनि आगामी आईतबार हुँदैछ ।