चीनका पूर्व इन्टरपोल प्रमुख मेङलाई पदको दुरुपयोग र घुस लिएको आरोपमा १३ वर्षको जेल सजाय

७ माघ, एजेन्सी । घुस लिएको र सरकारी पदको दुरुपयोग गरेको आरोपमा चीनका पूर्व इन्टरपोल प्रमुख मेङ हङवेइलाई अदालतले सजाय तोकेको छ ।

चीनको एक अदालतले मेङलाई साढे १३ वर्ष जेल सजाय र २ मिलियन युआन जरिवाना तोकेको हो ।

अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोल फ्रान्सका अनुसार मेङले २०१८ को अन्त्यतिर अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसको केही दिनपछि उनकी श्रीमतीले चीनको यात्राका क्रममा मेङ हराएको रिपोर्ट गरेकी थिइन् ।

Advertisement

गत जुलाईको अन्त्यमा दोष स्विकारेका मेङले टियान्जिनको उत्तर सहरस्थित अदालतमा फैसलाका विरुद्ध अपिल नगर्ने बताएको अनलाइन विज्ञप्तीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

गत मार्चमा सत्तारुढ कम्युनिष्ट पार्टीले गरेको अनुसन्धानबाट मेङले राज्य कोषको ठूलो रकम खर्च गरेको, पदको दुरुपयोग गरेको र पार्टीको निर्णय मान्न अस्वीकार गरेको भेटिएको थियो ।

मेङले साढे १४ मिलियन युआनभन्दा बढी घुस रकम लिएको र २००५ देखि २०१७ सम्म सार्वजनिक सुरक्षा मन्त्रालयमा कार्यरत भइ पदको दुरुपयोग गरेको अदालतको ठहर छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top