×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सभामुखमा अग्नि)
रिक्त सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी/ माघ १२ गते बस्ने संसद बैठकमा सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेे ।

Advertisement
Advertisement

२.(आईसीपी हस्तान्तरण)
नेपाल र भारतका प्रधानमन्त्रीद्वारा भिडियो कन्फ्रेसमार्फत् संयुक्त रुपमा विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीको उद्घाटन/ नयाँ दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक रहेको मोदीको भनाई ।

३.(मोदीलाई निमन्त्रणा)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई देशबीच थाती रहेका मुद्दालाई सुल्झाउने बेला आएको प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह/ समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्ने प्रतिबद्धता/ मोदीलाई नेपाल भ्रमणको निम्तो ।

४.(किसानलाई झुक्याईयो)
सर्लाहीका उखु किसानले भुक्तानी नपाएको विरोधमा भुक्तानी गर्न दिइएको समयसिमा आज सकिँदासम्म किसानको हातमा ८ करोड मात्र पर्याे/ अन्नपूर्ण र महालक्ष्मीले मंगलबार बेलुकासम्ममा केही रकम तिर्ने प्रतिबद्धता ।

५.(एमसीसीको वकालत)
ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट एमसीसी परियोजना पारित हुने सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको भनाई / एमसीसी नेपालमा लागु भएपछि गरिबी निवारण नभएपनि ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने अडान ।

६.(पर्यटनको चुनौती)
मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना भारतीय पर्यटकको मृत्यु / कोठामा हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको प्रहरीको भनाई ।

७.(आहतमा भारत)
मकवानपुर दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे भारतीय विदेश मन्त्री एस जयशंकरद्वारा दुःख व्यक्त / कानुनी प्रक्रिया पूरा गरी कागजात बनाएर दूतावासमार्फत् मृतकको शव आफन्तको जिम्मा लगाउने नेपाल प्रहरीको तयारी ।

८.(सचेत बनौं)
शुक्रराज अस्पतालमा उपचाररत ‘कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्यालको नमुना विशेष परीक्षणका लागि विदेश पठाइयो /चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका नेपाली विद्यार्थीको नमुना परीक्षणका लागि भारत पठाइयो ।

९.(आचारसंहिताको पालना)
यही विहिबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन आचार संहिता पूर्ण पालना गर्न सम्पूर्ण दल तथा तीनै तहका सरकारलाई निर्वाचन आयोगको अपिल / सामाजिक सञ्जाल प्रचार प्रसार गर्ने काम नगर्न आग्रह ।

१०.(अर्थतन्त्रका कुरा)
बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह /रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने माग राख्दा अर्थतन्त्रमा असर हुने दाबी ।

११.(देलान त कर्जा ?)
बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको चेतावनी /असार मसान्त सम्ममा प्रत्येक बैंकले कम्तीमा ५ सय जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउनुपर्ने ।

१२.(शिक्षा वहस)
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने / अहिलेको आश्यकता शिक्षालाई सीपसँग जोड्न सकेमात्रै व्यवहारिक हुनेमा प्याब्सनको जोड ।

१३.(लुक्दैन अपराध)
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव भुवनसिंह तामाङ भक्तपुरबाट पक्राउ /स्थानीय व्यापारीलाई धम्की दिई चन्दा असुल्न खोजेको आरोपमा तामाङविरुद्ध अनुसन्धान जारी ।

१४. (क्यानको कमाल)
दोस्रो एक दिवसिय अभ्यास खेलमा नेपाल क्रिकेट संघ (क्यान)संग मलेसिया १ सय ७० रनको फराकिलो अन्तरले पराजित / पहिलो अभ्यास खेलमा पनि मलेसिया क्यानसंग फराकिलो अन्तरले पराजित ।

Advertisement

र,
१५.(रुसमा भवितब्य)
रुसमा एक काठले बनेको आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार जनाकोको मृत्यु / अन्य दुई जना भाग्न सफल /आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top