×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारका राम्रा कामको प्रचार हुन सकेनःप्रचण्ड

१० माघ २०७६

१० माघ, नवलपरासी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकारका राम्रा कामको प्रचार हुन नसकेको बताएका छन्।

नवलपरासी पूर्वमा आयोजित नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकीकरणका काम ढिला हुँदा सरकारका कामको प्रचार हुन नसकेको बताएका हुन्। उनले भने, सरकारका काम राम्रोसँग प्रचार हुन् सकेन्। काम गरेर जनताको मन जित्न दुई वर्ष बाँकी छ।

Advertisement
Advertisement

यस्तै, कालापानी लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेपछि उत्पन्न सीमा विवादका बारेमा प्रचण्डले भारतलाई डिप्लोमेटिक नोट पठाइएको बताए। भने, छलफल गरेर डिप्लोमेटिक नोट पठाइएको छ। प्रधानमन्त्री तहमा वार्ता भएको छ। भारतले पनि वार्ता र संवादबाट समस्या तयार गर्न पहल सुरु गरेको छ। यो खुसीको कुरा हो।

प्रचण्डले पार्टी सकारले चलाउने नभएर सरकारले पार्टी चलाउने बताए। उनले भने, पार्टीले सरकारको नेतृत्व गर्ने हो। सरकारले पार्टी चलाउने होइन्। राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसिसीको निर्णय गर्छौं ।  प्रचण्डले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा पर्याप्त छलफल भएको बताए।

एमसिसीको मुद्दा राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुन संवाद गरेर सम्भव भएसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने निर्णय गरेका छौं। हामी सचिवालयमा छलफल गरेर राष्ट्र हितलाई सर्वोपरी राखेर मात्र अघि बढाउँछौं ,उनले भने।

Advertisement

उनले एमसीसी प्रोगाममा इन्डो प्यासेफिक रणनीति अघि बढाएपछि विवाद शुरु भएको तर अमेरिकी दुतावासले १० बुँदे स्पष्टिकरण आएपछि त्यसलाई विचार गरेर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्ने बताए। एमसीसीका बारेमा सामाजिक सञ्जालबाट गलत समाचार आएको उल्लेख गर्दै उनले त्यसबाट सतर्क रहन कार्यकर्तालाई निर्देशन दिए।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top