×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सगरमाथा संवादबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ब्रिफिङ

१० माघ २०७६

१० माघ, काठमाडौं ।
राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई विस्तृत जानकारी उपलब्ध गराएको छ।

नेपालमा पहिलो पटक हुन लागेको विश्वस्तरको उक्त संवादबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्षको समेत प्रवर्द्धनात्मक प्रचार गर्ने उद्देश्यले सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतका वरिष्ठ पत्रकारहरूको टोलीलाई सगरमाथा संवाद कार्यक्रमको आयोजना, औचित्य, सहभागितालगायत विषयबारे जानकारी दिइएको हो।

Advertisement
Advertisement

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज आफ्नै मन्त्रालयमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका नेपालस्थित प्रतिनिधि, राष्ट्रिय समाचार समिति र भ्रमणमा रहेका भारतका पत्रकारमाझ भएको अन्तक्र्रियामा सरकारले छिमेकी, दक्षिण एशियाली, विमिस्टेक, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरिएको बताए।

प्रत्येक दुई वर्षमा आयोजना गरिने पहिलो संस्करणको संवादको शीर्षक ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको जानकारी दिँदै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रण गरिएको बताए। यद्यपि नयाँदिल्लीबाट प्रत्युत्तर प्राप्त भइनसकेको जानकारी उनले दिए।

पर्वतीय मुलुकहरू र सामुद्रिक टापुका मुलुकमा जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्दै आइरहेका, उच्च अवस्थितिका कारणले हिन्दूकुश हिमालय जस्ता उच्च पर्वतमालामा जलवायु परिवर्तनको असर पृथ्वीका अन्य क्षेत्रमा भन्दा चाँडो र तीव्रगतिमा परिरहेको यथार्थ मन्त्री ज्ञवालीले सुनाए।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीको संयोजकत्वमा संवादले उच्च नेतृत्व, मुलुकहरू तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको सङ्कटबारे समान धारणा बनाउन तथा यस सङ्कटसँग जुध्न पे्ररित गर्न सबैलाई सहयोग पुग्ने विश्वास संयोजक ओलीले व्यक्त गरे।

विदेशी पहुनालाई तीन स्तरबाट निमन्त्रणा पठाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सम्बन्धित देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई छुट्टाछुट्टै निमन्त्रणा गरिएको छ।

सगरमाथा संवादका संयोजक पराराष्ट्रमन्त्री ज्ञवालीका तर्फबाट पनि उहाँका समकक्षीका साथै अन्य विदेशी पाहुनालाई आमन्त्रण गरिएको छ। संवाद कार्यक्रममा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याहरूबारे सरोकार राख्‍ने मुलुक, अन्तरराष्ट्रिय संस्था, नागरिक समाज, अनुसन्धाता तथा विज्ञ, प्राज्ञिक संस्थालगायतका सरोकारवालाहरुसँग छलफल गरिनेछ।

Advertisement

परराष्ट्रमन्त्रीकै अध्यक्षतामा २० सदस्यीय सगरमाथा संवाद आयोजक समिति गठन गरिएको छ भने राष्ट्रिय योजना आयोगका सदस्य डा. ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायत सम्बन्धित क्षेत्रका विषयका जानकार सम्मिलित १३ सदस्यीय सगरमाथा विशेषज्ञ कार्यदल गठन भई त्यसले काम गरिरहेको छ। सगरमाथा संवाद आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुनेछ।(रासस)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top