टर्कीमा शक्तिशाली भूकम्पको धक्का: १४ को मृत्यु, पाँच सय बढी घाइते

एजेन्सी, माघ ११
पूर्वी टर्कीमा आएको भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण भग्नावशेषहरुमा अझै केही व्यक्ति च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

६ दशमलव ८ म्याग्नीच्युट मापन गरिएको भुकम्प एलाजिग प्रान्तको सिभ्रिस शहरमा केन्द्रविन्दु भएर गएको जनाईएको छ । भूकम्पका कारण सयौ भवनहरुमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको बताइएको छ । टर्कीको आपतकालीन व्यवस्थापन प्राधिकरणले राहत सामग्रीसहित उद्धारकर्मीहरु परिचालन गरिएको जनाएको छ ।

Advertisement

भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेकाले भत्किएका घरका भग्नावशेषमा नजान पीडितहरुलाई उद्धारकर्मीले आग्रह गरेका छन् ।

Advertisement

उत्तर पश्चिम टर्कीमा सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१० मा आएको ६ म्याग्नीच्युटको भूकम्पमा पनि ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top