Nepal Times
Nepal Times
3
Shares

धौर्य गरे के हुन्न ?

धौर्य गरे के हुन्न ?

किशोर विश्वकर्मा
विराटनगर, चैत ३
विभिन्न कठिनाई आइपरेपनि आफ्नो काममा निरन्तर लागि रहने हो पछि आनन्दको जिन्दगी बाँच्न सकिदो रहेछ भन्ने उदाहरण बनेकी छन् विराटनगर–१० की उर्मिला मण्डल करीब ३ वर्ष अघि विराटनगर संसारीमाई स्थानमा सानो चिया पसल गरेर उनले एक छोरीलाई उच्च शिक्षा अध्यनका लागि अमेरिका पठाउन सफल भइन भने अर्की एक छोरिलाई भारतमा बिएस्सी नर्सिङ पढाई रहेकी छन् । त्यस्तै एउटा छोराको उच्च शिक्षा समेत पुरा गरिदिएकी छन् ।

झण्डै ३० वर्ष अघि सोही स्थानमा १५ पैसा कपका दरले चिया बेच्दै आएकी मण्डललाई सुरु सुरुमा निकै समस्या भयो । उक्त समयमा सो बाटो हिड्ने कमै मात्र मान्छे हुन्थे । त्यसैले उनलाई एकदिनमा आधालिटर दुधको चिया बेच्न समेत हम्मे हम्मे पर्ने गरेको मण्डलले सुनाईन् ।

पशल नचले पछि उनले आफु खालिपेट पानि मात्र पिएर पनि सडक पेटिमा मकै , तथा विभिन्न वस्तुहरु समेत बेचेर घर परिवारको गुजारा चलाएको उनी बताउँछिन् ।

सुरु सुरुमा विभिन्न कठिनाई आइपरेपनि उनले कहिल्यै हरेस खाइनन् र निन्तर आफ्नो काममा लागि रहिन । भनिन्छ प्रतिक्षाको फल मिठो हुन्छ । हो उनले पनि धौर्य गरिन र निरन्तर मेहनेत छाडिनन् ।

त्यहि मेहनत, जाँगर र परिश्रमले अहिले उनी आनन्दको जिन्दगी बाँचिरहेकी छन् । २ छोरिको विवाह गर्दा दाईजो समेत दिन सकेकि उनले २ छोरीलाई विदेशमा उच्च शिक्षा अध्यन गराईरहेकी छन् भने छोराको समेत उच्च शिक्षा पुरा गरिदिएकी छन् ।

अहिले उर्मिलाले सञ्चालन गरेको पशलबाट सवै खर्च कटाएर पनि दैनिक कम्तीमा १ हजार रुपैयाँ बचत हुनेगरेको उनको भनाई छ । सोही पशलबाट उनको घरपरिवार मात्र चलेको छैन छोराछोरीको पकेट खर्च समेत चल्ने गरेको उनले नेपाल टाईम्सलाई बताईन् ।

पहिलेको अवस्थादेखी यो अवस्था सम्म आई पुग्दा अब उनलाई कुनै चिन्ता नरहेको उनले बताईन् । मण्डलले जति दुख गर्नु पर्ने पहिल्यै गरिसकेकाले र छोराछोरिको उच्च शिक्षा समेत पुरा गरिसक्न लागेकाले अब कुनै चिन्ता नरहेको उनले सुनाइन् ।

उनको भनाईमा जस्तो सुकै काम गरेपनि सुरु सुरुमा विभिन्न कठिनाईहरु आइपर्न सक्ने भएकाले काममा निरन्तरता, धौर्यता र इमान्दारिता पूर्वक काम गरे राम्रै फल पाइने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.