किशोर विश्वकर्मा
विराटनगर, चैत ३
विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमाला (युनिटि फर चेन्ज) द्धारा विराटनगरमा थालिएको सरसफाई अभियान अन्तर्गत शनिबार सो क्याम्पस परिसरको सरसफाई गरिएको हो ।
सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख महेन्द्रनारायण यादव , विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । परिवर्तन युवाहरूकै हातमा छ, हाम्रो शहर स्वस्थ र सफा बिराटनगर भन्ने नाराका साथ सुरु गरिएको सरसफाई अभियानको चौथो हप्तासम्म आईपुग्दा स्वतः स्फुर्त रुपमा युवाहरु सरसफाई अभियानमा एकजुट हुन थालेका छन् ।
यस अघि महानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएकोमा यो हप्ता ऐतिहासिक र देशकै एउटा छुट्टै अस्तित्व बोकेको महेन्द्र मोरङ कलेजलाई केन्द्र बनाएर सरसफाई गरिएको सरसफाई अभियन्ता अभियान्ता निर्मल भण्डारीले जानकारी दिए ।
यो अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिनुका साथै महानगरबासिलाई आफे शहर आफैले सफा गर्नुपर्छ भन्ने शन्देश दिँदै जाने अर्का अभियन्ता पेरिस सुवेदीले बताए । परिवर्तनका लागि हातेमालो संस्था सामाजिक कार्यमा सक्रिय युवाहरू द्वारा सञ्चालीत संस्था हो ।