×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

उद्योगी भन्छन्–‘सरकारी नीतिकै कारण ब्यापार घाटा’

११ माघ २०७६

११ माघ, काठमाडौँ ।
उद्योगी व्यवसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् । नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालबाट निर्यात हुने हरेक सामानको निकासी घट्दै गएको र पछिल्लो समय पाम आयलको निर्यात बढेका कारण व्यापार घाटामा सुधार देखिएको तर केही दिन यता पाम आयल पनि निर्यात हुन नसक्दा व्यापार घाटा फेरी बढ्ने निश्चित भएको बताए । उनले नेपालबाट निर्यात हुने अलैंची, अदुवा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको र तुलनात्मक रुपमा सूचि बनाएर गरिएको ब्यापारमा उक्त सूचिले समेत काम गर्न नसकेको बताए ।उनले रेमिट्यान्स पनि घट्दै गएको अवस्थामा आयात धान्न नसक्ने देखिएको र यसले भविश्यमा थप चूनौति रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा इ पेमेन्टको व्यवस्था कसरी व्यवस्थित गर्ने र व्यवसायीहरुले पैसा बोकेर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले यो काम गर्न नसके भन्सारमा नै खाता खोली कारोबार गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । अध्यक्ष श्रेष्ठले व्यवसायीक कारोबारमा चेक बाउन्स भएर पैसा नउठने समस्या रहेको भन्दै यसलाई व्यवस्थित गर्न कानून आवश्यक रहेको बताए । उनले ऐन नियम बनाउँदा व्यवसायीलाई कारबाही गर्ने उद्देश्यले निर्माण गर्न नहुने समेत बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले वस्तु निर्यात गर्ने हाउसले पनि उद्योगले जस्तै सहुलियत पाउनुपर्नेमा जोड दिए । उनले जसरी उद्योगले वस्तु उत्पादन गर्दा इन्सेन्टिभ पाउँछ त्यसरी निै निर्यात गर्ने संस्थालाई पनि सरकारले इन्सेन्टिभ दिनुपर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक सय रुपैयाँको मूल्यको वस्तुको आयात गर्दा बैंकहरुमार्फत कम मूल्यमा एलसि खोलाउने र सोही अनुसार वस्तु ल्याउने भएकाले अव बैंकहरुलाई नै वास्तविक मूल्यमा एलसी खोल्न निर्देशन दिइएको बताए । वास्तविक मूल्यमा एलसी खोलिएपछि भन्सारले विल हेर्दै पास गर्दै गर्ने दिन आउने समेत उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले आयातलाई रोकेर मात्र व्यापार घाटा कम हुन नसक्ने बताए। उनले नेपालबाट अर्गानिक उत्पादनको निर्यात गर्न सकिने सम्भावना रहेको बताए । त्यस्तै नेपालको गार्मेन्ट उत्पादन पनि विश्वमा माग रहेको बताउँदै त्यसको उत्पादन बढाउन उद्योगी व्यववसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यापार घाटा कम गर्ने विषयमा सरकारले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका छन् । त्यसमा आफुहरुपनि सरकारलाई सहयोग गर्न तयार रहेको उद्योगी व्यवसायीहरुको भनाई छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top