मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य, अर्थमन्त्रीमा नारायणकाजीको सम्भावना

१२ माघ, काठमाडौँ । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको प्रक्रिया अगाडि बढाएका छन् । सत्ता साझेदार समाजवादी पार्टी सरकारबाट बाहिरिएको, उपसभामुख डा. शिवमाया तुम्बाहम्फेलाई मन्त्री पद लिने भनेर उपसभामुखबाट राजीनामा गराएको, अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन लागेको र राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन तयार देखिएको परिस्थितिका कारण मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य चलेको हो ।

मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही चरण छलफल पनि गरेका छन् । यस्तो छलफलमा कसकसलाई मन्त्रीको जिम्मेवारी दिने भन्ने टुंगो लागिनसकेको भएपनि केही नेता दुबै अध्यक्षको रोजाईमा परेका स्रोतले बताएको छ ।

समाजवादी पार्टीले छोडेका कानुन र शहरी विकास मन्त्रालय राजपालाई दिने तयारी सत्तारुढ नेकपाको छ । तर, राजपाले थप अर्काे मन्त्रालय पनि मागेका कारण केही ढिलाई भएको बताइन्छ ।

यस्तै, उपसभामुखबाट राजीनामा दिएकी डा. तुम्बाहम्फेलाई पनि मन्त्री बनाउने सहमति दुबै अध्यक्षको छ । तर, उपसभामुखबाट राजीनामा गर्ने वित्तिकै मन्त्री बन्दा आफूलाई पदलोलुपको आरोप लाग्ने भन्दै तुम्बाहम्फेले केही समय मन्त्री नबनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेकी स्रोतको दाबी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको २० फागुनदेखि संसद पदको कार्यकाल सकिदैछ । तर, प्रधानमन्त्रीको सिफारिसमा उनी फेरि राष्ट्रियसभा सदस्य बन्ने सम्भावना भने छ । डा. खतिवडाले राट्रियसभा सदस्य भएर आएको अवस्थामा अर्थमन्त्रालयकै जिम्मेवारी पाउने हो भने पनि मन्त्रीमा पुनःनियुक्ति हुनुपर्नेछ ।

पछिल्लो समय अर्थमन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाउने संकेतहरु पनि देखिएका छन् । श्रेष्ठले राष्ट्रियसभामा विजयी हुनेवित्तिकै अब आर्थिक क्रान्तिमा केन्द्रीत हुने प्रतिक्रिया दिएका थिए । श्रेष्ठको यो प्रतिक्रियालाई धेरैले उनको अर्थमन्त्रालयको दाबेदारीको रुपमा लिएका छन् ।

गोर्खा प्रतिनिधिसभा निर्वाचन हारेका श्रेष्ठलाई राष्ट्रियसभामा ल्याउने नेकपाको निर्णय नै उनलाई थप जिम्मेवारी दिनका लागि हो भन्नेमा कुनै शंका छैन । राष्ट्रियसभाको सदस्यले प्रधानमन्त्री पदको जिम्मेवारी लिन नपाउने भएकोले उनलाई अर्थ र उपप्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

सम्बन्धित समाचार

Scroll to Top