सिन्धुलीमा माइक्राेबस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

१२ माघ ७६, आइतबार

१२ माघ, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

झापाबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस बीपी राजमार्गअन्तर्गत कमलामाई –२ स्थित सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top