कोरोना भाइरस संक्रमणबाट ४२ को मृत्यु, १४ सय संक्रमित

एजेन्सी, माघ १२
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ । १४ सय संक्रमित भेटिएका छन् । सेनाको विशेष मेडिकल समुह वुहान पुगेको अधिकारीहरुले जनाएका छन् ।

हुवेइ शहरमा एक जना चिकित्सककै मृत्यु भएको छ । संक्रमण फैलदै गएपछि नयाँ वर्षका महत्वपूर्ण समारोहहरु रद्द गरिएका छन् । वुहान शहरका अस्पतालहरु संक्रमणले चिन्ताग्रस्त मानिसहरुले भरिभराउ भएका छन् भने औषधीको अभाव हुन थालेको छ ।

चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए ।

Advertisement

आवतजावतमा प्रतिबन्ध लगाइएको शहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार वेड क्षमताको अस्पताल निर्माण भैरहेको अधिकारीहरुले जनाएका छन् ।

१ करोड १० लाख जनसंख्या भएको वुहानमा पहिलो पटक यो भाइरस देखिएको थियो । संक्रमण अहिले यूरोपमा पनि फैलिएको छ । फ्रान्सका तीन जना र अष्ट्रेलियामा एक जना संक्रमित भेटिएका छन् ।

यसअघि थाइल्याण्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुई–दुई र ताइनवानमा एक जना संक्रमित भेटिएका छन् । नेपालमा पनि एक जनामा कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ ।

अमेरिका, बेलायत र क्यानडामा संक्रमणको आशंकामा परीक्षण भैरहेको बताइएको छ । जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सरेको समेत पुष्टि भैसकेको छ ।

यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्ने चिकित्सकहरु बताउंछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top