१३ माघ, एजेन्सी ।
चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ८० पुगेको छ।
७६ जनाको निधन भएको पुष्टी भएपनि बिबिसीले आफ्नो समाचारमा ८० जनाको निधन भएको दाबी गरेको छ। यसबाट २ हजार ७ सय ४४ जनलाई आधिकारिकरुपमा संक्रमण भएको पुष्टी भएको छ भने करिब ५ हजार सात सय ९४ जनामा यो भाइरसको संक्रमण भएको अनुमान गरिएको छ।