×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

कटहरी गाउँपालिकामा घरेलु महासंघको तदर्थ समिति गठन

३ चैत्र २०७४

विराटनगर, चैत ३
मोरङको कटहरी गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको ७ सदस्यीय गाउँपालिका तदर्थ कार्य समिति गठन गरिएको छ ।

कटहरी स्थित आदर्श स्कुलमा शनिबार महासंघ मोरङको प्रथम गाउँ उद्यमी भेलाले दिलिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो ।

Advertisement
Advertisement

समितिको उपाध्यक्षमा फुलकुमारी साह, सचिवमा रामकुमार सिंह र कोषध्यक्षमा निता भगत चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा लक्ष्मण रोनियार, नितु पोद्धार चयन भएका छन् भने एक सदस्य तथ गरि कार्य समितिलाई पुर्णता दिईने जनाइएको छ ।

महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न भेलामा महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङ, सचिव गोपाल काफ्ले, सदस्य एकराज ढकाल, विजय राम र कटहरी गाउँपालिका–का वडा अध्यक्ष किशोर पाण्डेको उपस्थिती रहेको थियो ।

सो अबसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष घरेलु उद्यमीहरुका लागि महासंघले प्रविधि हस्ताननान्तरणमा सहयोग गर्दै आएको जानकारी दिए ।

उनले महिला उद्यमी कोष मार्फत सञ्चालन हुने कार्यक्रममका लागि महासंघले समन्वय गरि अगुवाई गरिरहेको समेत बताए । कार्यबाहक अध्यक्ष निरौलाले गतवर्ष साउनमा आएको बाढीका कारण उद्यमीहरुले ठुलो क्षति व्यहोर्नुपरेको बताउँदै बाढीबाट भएको क्षतिको तथ्यांक संकलन गरि क्षतिपुर्तिका लागि सरकार सँग माग गरिएको जनकारी दिए ।

उनले नयाँ उद्यमीहरुका लागि उद्योग दर्ता तथा विभिन्न विषयमा सहजिकरण गनर्नका लागि घरेलु कार्यालयमा महासंघको पहलमा सहयोग कक्ष स्थापना गरिएको बताए ।

कार्यबाहक अध्यक्ष निरौलाले जिल्लाका सवै उद्यमीहरुलाई महासंघ मार्फत संगठित गराउन जिल्लाका १७ वटै स्थानिय तहमा महासंघको शाखा कमिटिहरु गठन गरिने लक्ष्य अनुरुप कटहरीमा समेत गाउँपालिका समिति गठन गरिएको जानकारी दिए ।

Advertisement
Advertisement

उनले उक्त कमिटिहरु मार्फत घरेलु तथा साना उद्योगीका साझा एजेण्डा बनाएर अघि बढ्ने महासंघको योजना रहेको बताए । सो अबसरमा महासंघका सचिव गोपाल काफ्लेले जिललाका सवै उद्यमीहरु अधिकार र लक्ष्य प्राप्तीका लागि एकजुट हुनुपर्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top