काठमाडौं, चैत ३
उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी नदिएपछि उपराष्ट्रपतिमा उनको निर्विरोध हुने निश्चित भएको हो ।
तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दाबी विरोधलगायतका प्रक्रिया पूरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।
पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए । अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसँग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताए ।
उनले आगामी दिनिमा राष्ट्रिय सार्वभौमिकता अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने उल्लेख गरे । पुनले नेपालको संविधानमा व्यवस्थ भएअनुसार नै आफू दोश्रोपटक उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको बताए ।
पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा रहेका छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ, ओनसरी घर्ति, जयपुरी घर्ति, रामनारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।