कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या सय नाघ्यो, चार हजार बढी संक्रमित

१४ माघ २०७६, मंगलबार
Share this
754shares

१४ माघ, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १०० नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको छ ।

Advertisement

त्यस्तै मंगलबार बिहानसम्म चीनमा मात्रै चार हजार ५ सय १५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। चीनमा कोरोना भाइरसको संक्रमणमा एकैदिन ६५ प्रतिशतले वृद्धि भएको छ। सोमबार बिहानसम्म दुई हजार ७ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो ।

Advertisement

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ । चीन बाहेकका विभिन्न देशमा ६० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । चीनबाहिर भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top