सीमा समस्या समाधान गर्न भारतसँग छलफल अघि बढाईएको छ : प्रधानमन्त्री

१५ माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका कुनै पनि सुचकांकमा नेपाल नेगेटिभ नभएको दाबी गरेका छन् । बुधबार काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विश्व बैकको व्यवसाय सम्बन्धी सुचकांकले नेपालको व्यवसायीक वातावरण गत बर्ष १० औँ स्थानमा रहेकोमा यस बर्ष ९४ औ स्थानमा रहेर १६ औ अक माथि उक्लिएको बताए ।

मानव विकास सुचकाकमा नेपाल २ स्थान अघि बढेको, विश्व भोकमरीको सुचकांकमा अहिले नेपालको स्थिति सुदृएको र ७३ औं स्थानमा पुगेको ,शान्ति सुरक्षाको स्थित ग्लोबल पिस इन्डेक्समा नेपालले १२ अंकले सुधार गरी १ सय ६२ देश मध्ये नेपाल ७६ औ स्थानमा पुगेको , विधिको शासनमा नेपाल २ स्थान माथि उक्लिएको, भ्रष्टाचारमा ११ औ स्थान माथि उक्लिएको तथ्यांकको फेयरिस्त नै राखे ।

त्यसैगरी उनले निर्यात २७ प्रतिशतले बढेको , आयातमा कमि आएको, भुक्तानी सन्तुलन बचतमा रहेको , उत्पादन र उत्पादकत्व बढेको तथा, धान, गहुँ र मकैको उत्पादान बढेको तथ्यांक नै प्रस्तुत गरे । सडक निर्माण, पुल निर्माण लगायत भौतिक पुर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज संञ्चालन भएको लगायतका विवरण पनि उनले प्रस्तुत गरे ।

उनले उज्यालो अभियान अन्र्तगत कुल जनसंख्याको ८८ प्रतिशत जनसंख्यामा विद्यूत सेवा पुगेको उल्लेख गर्दै जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्था बारे पनि जानकारी गराए । सिंचाईसेवा, तटबन्ध निर्माण तथा डायर्भसन, ५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग निर्माण, जनता आवास कार्यक्रम अन्र्तगत भएका कामकारवाही लगायतको पनि विवरण दिए ।

प्राविधिक शिक्षा, न्यायो सेटलाईट, स्वास्थ्य विमा कार्यक्रमको विस्तार, लगायतको फेयरिस्त पनि उनले प्रस्तुत गरे । उनले सरकारका कामकारवाहीका सम्बन्धमा केही भ्रम र केही अन्यौलका कुराहरु आउने गरेको भएपनि सरकार त्यसलाई चिर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कालापानी लिम्पियाधुरा, लिपुलेक लगायत क्षेत्रमा सिमा विवाद देखिएको भएपनि वार्तामार्फत समस्या समाधान गर्ने विश्वासका सरकारले भारतसंग छलफल अघि बढाएको उनले स्पष्ट पारे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top