प्रधानमन्त्रीले भने– एमसीसीलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार

१५ माघ, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई इण्डोप्यासिफिक रणनीतिक संग जोड्नु आवश्यक नरहेको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई एमसीसीले कुनै पनि असर नपार्ने र नेपाललाई होच्याउने, अपमान गर्ने कुरा सम्झौतामा नभएकाले यसबारे स्पष्ट हुन पनि केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।

Advertisement

सम्झौता कार्यान्वयनमा आउनु अगाडि संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान भएकाले सो अनुमोदनको क्रममा रहेको भन्दै उनले यसले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने स्पष्ट पारे । शंका उपशंकाको आधारमा कुनै पनि देशको हिड्न इन्ट्रेष्टको पछिलाग्न आवश्यक नभएको भन्दै उनले एमसीसीलाई इण्डो प्यासिफिकसंग जोड्नु बेकार हुने बताए । उनले एमसीसी स्थापना विकास, शुसासन र कनेक्टीभिटीमामा मात्रै अनुदान सहयोग खर्च गर्न पाईने गरि भएको भन्दै एमसीसी सम्झौतामा भएका सर्त र खर्चको क्षेत्रहरुको फेयरिस्त नै पढेर सुनाएका थिए ।

यति होल्डिङ्स
प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ति नगरेको दाबी गरे । वर्तमान सरकारले कुनै भ्रष्टाचार नगरेको र गर्ने भन्दै उनले यति होल्डिङ्सलाई लिजमा दिने काममा पनि सरकारले कुनै गल्ति नगरेको दोहोर्याए ।

Advertisement

‘नारायणहिटीको अगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनुहुन्थ्यो कि हुदैनथ्यो भन्ने बहसको विषय हुन सक्ला ’तर सरकारले दिने नीति लिईसकेकाले ती जग्गा लिजमा दिने काम भएको पनि उनले स्पष्ट पारे । उनले भने “लेख्नुपर्ने मान्छेले १ अर्ब लेख्नुपर्नेमा बाई मिस्टेक ६ अर्ब लेखेको रहेछ । मुल्य पनि नपर्ने ठाउँमा लिजमा, भुलचुकले लेखिएको विषयलाई लिएर कुरा भएको रहेछ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top