×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए

१५ माघ २०७६

१५ माघ, पोर्चुगल । 

 पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा । नकिने पनि किनौंँ झैंँ लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामाग्री । परदेश भए पनि काठमाडौंको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौंँ सामग्री जसले एकातिर नेपालको प्रचार गरेको छ भने अर्कातिर प्रवासमा नेपालीको शान बढाएको छ ।

Advertisement

पोर्चुगलको राजधानी लिस्बनस्थित रोसियो पर्यटकीय क्षेत्र हो जहाँ दैनिक हजारौंँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । त्यही क्षेत्रमा काभ्रेपलाञ्चोक कटुन्जेबेंसीका शम्भु गौतम नेपाली हातले बनाएका कलात्मक वस्तुको प्रचारमा रहेका छन् । लामो समयदेखि पोर्चुगलमा बस्दै आउनुभएका गौतमले नेपाली ढाका टोपी, बुद्धको प्रतिमा, नेपाली तानबाट बुनेका स्वेटर, पश्मिना, तयारी पोशाक, काष्ठकला, धातुकला, नेपाली कागज लगायत सामग्री देखाएर पर्यटकलाई नेपालप्रतिको आकर्षण बढाएका छन् ।

काठमाडौंँको ठमेलबाट व्यापार आरम्भ गर्नुभएका गौतमले पोर्चुगलमा मात्रै नभई युरोपभरि नै नेपाली हस्तकलाका सामग्री पु¥याएका छन् । ‘ठमेलबाट हस्तकलाका सामाग्रीको व्यापारलाई मैले यूरोपभरि फिँजाएको छु’ गौतमले भने, ‘नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा हस्तकलाका सामग्रीमार्फत नेपाल चिनाउने मेरो लक्ष्य पूरा गर्नेछु ।’ गौतमका अनुसार देवीदेवताको मूर्ति, थान्का, पश्मिना, अल्लोबाट निर्मित कपडा, झोलालगायत सामग्री पर्यटकको रोजाइमा पर्ने गर्दछन् । भारतले हस्तकलाका सामग्री निर्यातमा अनुदानको व्यवस्था गरिरहँदा नेपाल सरकारले चासो नदिएको प्रति उनको गुनासो छ ।

ठमेलदेखि पोर्चुगलसम्म
विसं २०५० देखि व्यापार आरम्भ गरेका गौतमले हिजोआज आफ्नो सम्पूर्ण समय नेपाली हस्तकलाका सामग्रीको प्रचारमा बिताएका छन् । ठमेलमा १८ वर्ष व्यापार गरेका उनले स्वदेशभित्रै सम्भावना हुँदा हुँदै पनि नेपाली सामानको प्रचारका लागि फ्रान्स, इटाली, स्पेन र जर्मनीलगायत देशमा समेत पुगेको बताउँछन् ।

‘नेपाली कला, सीप र पूँजीबाट निर्मित सामग्रीलाई यूरोपमा स्थापित गराउने क्रममा विगत ११ वर्षदेखि पोर्चुगलमा स्थायी रुपमा बसेको छु’, उनले भने, ‘नेपाली हस्तकलाका सामग्रीलाई युरोपभर चिनाएर नेपालको शान राख्ने मेरो रहर पूरा भएको छ ।’

गौतमले अहिले पोर्चुगलमा ‘प्योर क्राफ्ट नेपाल’ र ‘एचएण्डजी’ नामक दुई कम्पनीमार्फत नेपाली हस्तकलाका सामग्रीको प्रचार र बिक्री गरेका छन् । उनलाई परिवारका अन्य सदस्यले साथ दिँदै आएका छन् । ‘युरोपमा हस्तकलाका सामग्रीको उच्च माग छ तर सरकारले हस्तकलाका सामग्रीलाई खासै प्राथमिकतामा नराखेकोले यसको गुणस्तरमा कमी हुँदै गएको छ’, उनले थपे, ‘विदेशी मुद्रा आर्जन गर्न नेपाल सरकारले पनि व्यवसायीलाई सहयोगका साथै हौसला दिनुपर्छ ।’

‘मेड इन नेपाल’
नेपालमा बनेको जुनसुकै हस्तकलाको सामान भए पनि ‘मेड इन नेपाल’ देख्नेबित्तिकै पर्यटकले किन्ने गरेको गौतमको भनाइ छ । उहाँका अनुसार विदेशीले नेपाली सामानप्रति सहानुभूति राख्ने गर्छन् । पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश गुरुङ पनि नेपाली हस्तकलाका सामग्रीको प्रचार आवश्यक रहेको बताउँछन् ।

‘नेपालमा भ्रमण वर्षको सरगर्मी बढिरहेका बेला नेपाली हस्तकलाका सामग्रीको प्रचार अति नै आवश्यक छ’, उनले भने, ‘सरकारले हरेक देशमा ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने हो भने नेपाली सीप र पूँजीबाट निर्मित हस्तकलाका सामग्रीको प्रचार हुनेछ ।’ विदेशीले पश्मिना, देवीदेवताका मूर्ति, काष्ठकलाका सामग्री र कपडामा रुचि राख्ने गरेको उनी जानकारी दिन्छन् ।

गुणस्तरहीन सामग्रीको बिगबिगी
नेपाली हस्तकलाका सामग्रीले विश्वभरका विदेशी नागरिकको मन जितेको छ । यसैले पनि होला नेपालबाट हस्तकलाका सामाग्रीको निर्यातको दर विस्तारै बढेको छ । पछिल्लो समय गुणस्तरहिन सामानको उत्पादनले विश्वबजारमा असर पर्न थालेको प्रति गौतम चिन्तित छन् ।

‘पर्यटकहरु नेपालको नेचुरल सामग्री खोज्छन् । त्यसपछि पुरातात्विक वस्तु खोज्छन्’, उनले भने, ‘छिटो कमाउने धन्दाले बजारमा गुणस्तरहीन सामाग्रीको बिगबिगी छ । यसप्रति सरकार र सम्बन्धित निकाय चनाखो हुनु आवश्यक छ ।’ उत्पादनको गुणस्तर खस्किए स्वदेशी र विदेशी बजार ठप्प हुने उनको तर्क छ । विदेशीले मूल्यमा भन्दा पनि गुणस्तरमा ध्यान दिने हुनाले गुणस्तरीय सामान उत्पादनमा नेपाल हस्तकला महासङ्घले ध्यान दिनुपर्नेमा व्यवसायी गौतम जोड दिन्छन् ।

काठमाडौंँको वसन्तपुरमा विदेशी पर्यटकले हस्तकलाका सामान खरीद गरेको देखेपछि प्रभावित गौतम सन् १९९६ देखि हस्तकला व्यवसाय शुरुआत गरिएको बताउँछन् । उत्पादनदेखि निर्यातका क्षेत्रमा काम गरेका उनले नेपालमा चलेको द्वन्द्वकालीन समयका कारण युरोपतर्फ लागेका थिए । ‘द्वन्द्वका कारणले ठमेलको व्यापारमा मन्दी आउन थाल्यो । त्यसपछि हस्तकलाका सामान लिएर विदेश जान थालेंँ । विदेशी ग्राहकको अर्डरअनुसार सामान लैजान्थेंँ’, उनले भने, ‘व्यवसायकै क्रममा मैले सन् २०१२ देखि पोर्चुगलमा ४० लाख यूरोको लगानीबाट व्यवसायको शुरुआत गरेंँ ।

Advertisement

अहिले नेपालबाट वार्षिक दुईदेखि तीन कन्टेनर हस्तकलाका सामग्री पोर्चुगल लगेर युरोपभरि बिक्री गर्दै आएको छु ।’ गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको उपाध्यक्ष भएर समाजसेवामा पनि उत्तिकै सक्रिय गौतम प्रवासमा रहेर पनि नेपाली सामानलाई युरोपभरि चिनाउन पाएकामा गौरव गर्छन् ।रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top