सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक

१७ माघ, काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक भएको छ ।

बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

‘फारम भर्न सकिएन भनेर धेरै गुनासो आयो। जाँचबुझ गर्दा पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट अस्वभाविक रूपमा धेरै फारम भरिएको भेट्यिो,’ हमालले भने।

Advertisement

विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा हालको लागि अनलाइन फारम बन्द गरेको छ। काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ।

‘बिचौलियाहरुले बिहानै ह्याक गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने रहेछन्। अरूले भर्ने नमिल्ने रहेछ। त्यसैले हाल हाम्रो आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गर्न प्रयासरत छ,’ हमालले भने।

Advertisement

यसबारेमा प्रहरीलाई समेत जानकारी दिइसकेको उनले बताए। विभागले एउटा आइपी एड्रेसबाट सीमित फारममात्र भर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top