×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

छाउगोठ भत्काएको सांसदले विरोध गरेपछि संसदमा हाँसो

१७ माघ २०७६

१७ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काईएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप पनि लगाए । छाउगोठको नाममा सरकारले आफुहरुको घर भत्काएको आरोप पनि उनले लगाए ।

Advertisement
Advertisement

उनले भने, “हाम्रो गाउ घर तिर उखान छ । काम नपाए बुहारी कुकुरको पुछ कन्याउ । अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काईएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउदै हिड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ बस भत्काउदै आगो लगाउदै हिड्ने ? यो पनि तरीका काही हुन्छ ? चाहिदो काम गर्नुपर्यो नि । जिल्लामा जाने नुन, औषधी बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन । पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनुछैन । ठेकदार कहा छ कहाँ छ थाहा छैन ,तीनलाई कारवाही गर्नुपर्दैन ? स्कुलको अवस्था के छ । अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?”उनले छाउगोठ भत्काएकोमा विरोध गर्दै आफ्नो भनाई राख्दै गर्दा प्रतिनिधिसभा बैठक हासोले गुञ्जयमान भएको थियो ।

छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदहरुपनि हासिरहेका थिए । शुन्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गराएका छन् । सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरे ।

त्यसैगरी सांसद आशा कुमारी बिकले काठमाण्डौ महानगरभित्र रहेका ६० मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद इन्दुकुमारी शर्माले चुरे दोहन उत्खनन् रोक्न माग गरिन् ।

सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदह गाउपालिका निवासी २२ बर्षका हेम बहादुर राउतलाई पक्राउ गरि कोटेश्वर प्रहरी वृत्तमा रहेको अवस्थामा मृत्यु भएको भन्दै घटनाबारे अध्ययन गर्न छानविन समिति गठन गर्न माग गरिन् । उनले दोषीलाई कारवाही गरि पीडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गरिन् ।

Advertisement

सांसद कुमारी तुलसी थापा हिउँदे बालीमा तुसारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरिन् ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top