क्रिकेट रंगशाला बनाउन १०० टिपर बालुवा सहयोग

क्रिकेट रंगशाला बनाउन १०० टिपर बालुवा सहयोग

१८ माघ, चितवन ।
चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग प्रदान गरेको छ । शनिबार सहयोगस्वरुप उपलब्ध गराएको बालुवा चितवन र्पुयाइएको छ ।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग र्पुयाउन १०० टिपर बालुवाको निःशुल्क ढुवानी गरिदिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठसहितको टोली बालुवा लिएर चितवन आइपुगेको हो ।

रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने, ढल निकासलगायतका काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । रंगशालामा नमुना खेलमैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.