दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(भयानक दुर्घटना)
सुनसरीको रामधुनी नगरपालिका–२ कृषि फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या ५ पुग्यो / दुर्घटनामा १४ जना घाईते/ घाईतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै ।

२.(आलोचित सञ्चार मन्त्री)
एमसीसीका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेकपाका सांसदद्वारा सञ्चार मन्त्री गोकुल बास्कोटाको राजीनामा माग /एमसीसीका विषयमा गहन अध्ययनको आवश्यकता रहेकोमा भीम रावलको जोड ।

३.(एमसीसीका लागि कार्यदल)
एमसीसीबारे अध्ययन गर्न सत्तारूढ नेकपाद्वारा पूर्वप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन /दश दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई आग्रह ।

४.(एसएसपीको आत्मसमर्पण)
संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्वित प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणाद्वारा प्रहरी समक्ष आत्मसमर्पण/यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले दिएको उजुरीमा केही सत्यता नभएको राणाको दाबी ।

५.(देशभक्तिका कुरा)
देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने सभामुख अग्नि सापकोटाको भनाई /आन्दोलनका जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पु¥याउन भूमिका खेलेका व्यक्ति सभामुख बनेको भन्दै माधवकुमार नेपालद्वारा शुभकामना ।

६.(लचक बन्दै एनसेल)
चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन एनसेलद्वारा ठूला करदाता कार्यालयलाई पत्राचार /सर्वोच्चको आदेशपछि निर्धारण भएको करको ८० प्रतिशत जुन महिनाभित्र तिर्ने प्रतिवद्धता ।

७.(कार्यान्वयन होला ?)
लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न लेखा समितिको दुरसञ्चार प्राधिकरणलाई निर्देशन /एनसेलले लाभकर भुक्तानी तिर्ने समयको सूचि बुझाइसकेको र नेपाल टेलिकमको कुनै बक्यौता नरहेकाले फ्रिक्वेन्सी दिइने ।

८.(जनप्रतिनिधीका सवाल)
समसामयिक र क्षेत्रगत विषयमा राष्ट्रियसभाका सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /नेपाल र चीनबीचको सिमा व्यवस्थापन सम्झौता, दरबन्दी अनुसारको शिक्षक अभाव, फिटनेस सेन्टरहरुको गुणस्तर मापनलगायतका विषयमा सरकारको धारणा माग ।

९.(अख्तियारलाई कस्तो बनाउने ?)
अख्तियारको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने सांसदहरुको माग / अनुचित कार्य सम्बन्धी छुट्टै कानुनी व्यवस्था गरेर अख्तियार सम्बन्धी विधेयकलाई थप स्पष्ट बनाईनुपर्ने तर्क ।

१०.(टुटल पठाओलाई आधिकारिता)
संघीय यातायात ऐनको मस्यौदामा टुटल र पठाओ जस्ता राइड सेयर कम्पनी समेटिए/यातायात ऐनमा समेटिनु राम्रो भएपनि मध्यस्तकर्ता सम्बन्धी ऐन बन्नु पर्ने पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातको भनाई ।

११.(चुनावको तयारी)
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाको आग्रह /२ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने उल्लेख ।

१२.(नजिकिदै पोखरा)
सोमबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट गण्डकी प्रदेशको राजधानी पोखरा सिधा उडान सुरु हुने/भ्रमण वर्षको प्रारम्भमै सुरु हुने क्षेत्रीय उडानले आम यात्रुसँगै पर्यटकलाई समेत सुविधा पुग्ने विश्वास ।

१३.(उद्धारको आश्वासन)
चीनको हुवेइबाट फर्कन चाहने सबै नेपालीलाई स्वदेश फर्काउने प्रयास भैरहेको स्वास्थ्य मन्त्रालयको भनाई/ फर्काइएका नेपालीलाई १५ दिनसम्म आइसोलेसनमा राख्ने सुनिश्चित भएपछि मात्र चीनले फर्कन अनुमति दिने ।

१४.(आर्मीको शीर्षता)
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई ४‐२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लियो/ संकटा क्लबद्वारा हिमालयन शेर्पा क्लब १‐० गोल अन्तरले पराजित ।

र,
१५.(नियन्त्रण बाहिर कोरोना)
चीनको वुहानबाट विश्वव्यापी भएको कोरोना भाइरसका कारण कम्तीमा ३ सय ४ जनाको मृत्यु / २६ दिनमा १४ हजार ३ सय जना संक्रमित /चीन बाहिर फिलिपिन्समा भाइरसका कारण एक जनाको मृत्यु ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top