हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा पाँच जना पक्राउ

२१ माघ, हेटौंडा ।

हेटौंडाकी अजिता भुजेलको बलात्कारपछि हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको क्याम्पाडाडाँमा गत माघ ४ गते बिहान तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । घटनाको १७ दिनपछि मंगलबार प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकी २० वर्षीया एलिसा पाख्रिन, २४ वर्षीय आशिष बल, २१ वर्षीय बुद्ध लामा, १८ वर्षीय सिमोन परियार र २५ वर्षीय शुसिल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए।

उनीहरूले थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ। कुर्मीका अनुसार सात हजार रुपैयाँ दिने सहमतिमा यौनसम्पर्क राखे पनि पछि पैसाको निहुँमा विवाद उत्पन्न भएको थियो।

विवाद बढ्दै गएपछि उनीहरूले अजितालाई ट्रकभित्र बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top